नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्वारा शपथग्रहण बहिष्कार « Khabarhub

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्वारा शपथग्रहण बहिष्कार


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर प्रमुख किशोरीप्रसाद साहले गराएको शपथग्रहण बहिष्कार गरेका छन् । 

कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरूले लोकतान्त्रिक समाजवादी पार्टीबाट नगर प्रमुखमा निर्वाचित भएका साहले गराएको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका हुन् । सिम्रौनगढ नगरपालिकाको सभा हलमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको प्रमाणपत्र  वितरण तथा शपथग्रहण  कार्यक्रममा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुख  साहबाट शपथ नलिने अडान लिएका थिए । 

प्रमुख निर्वाचन अधिकृत मनोजकुमार गुप्ताले वडा अध्यक्ष र सदस्यहरूले नगरप्रमुखबाट नै शपथ ग्रहण गर्ने कानुनी व्यवस्था रहेको जानकारी  गराउँदा पनि उनीहरूले शपथ लिन इन्कार गरेका थिए । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि नगर प्रमुख साहले अन्य दलबाट निर्वाचित जनप्रतिनिधिहरूलाई मात्रै राखेर शपथ गराएका थियो । शपथ ग्रहण नगर्ने जनप्रतिनिधिहरूले पदभार पनि ग्रहण गर्न नसक्ने भन्दै नगर प्रमुख साहले निर्वाचन अधिकृत गुप्तालाई लिखित जानकारी गराएका थिए ।  

शपथग्रहणपछि नगर प्रमुख साहले पदभार पनि ग्रहण गरेका छन् । पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख साहले किसानलाई वितरण गरिएको कृषि मिटरको रकम  नगरपालिकाले चुक्ता गर्ने र नगरभित्रका ३२ वटा सामुदायिक  विद्यालयमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यमको पठनपाठन सञ्चालन गर्न निर्णय गरेका छन् ।  ११ वटा वडा रहेको सिम्रौनगढमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा ८, लोसपाबाट ३ र नेकपा एकीकृत समाजवादीबाट १ जना वडा अध्यक्षमा निर्वाचित भएका छन् । नगरपालिकाको उपमेयरमा पनि लोसपा विजयी भएको छ । 

यसैबीच हिजो शपथग्रहण बहिष्कार गरेका कांग्रेसका वडा अध्यक्षहरूले नगरपालिका कार्यालयमा पुनः शपथग्रहणको माग गर्दै आज धर्ना दिइरहेका छन् । 

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ७ : १३ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको