हेटौंडामा लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

हेटौंडामा लागूऔषधसहित तीन जना पक्राउ


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर प्रहरीले हेटौंडाको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ छ । प्रहरीले हेटौंडा–४ स्कुलरोडबाट २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले २६ बोतल लागूऔषध वनरेक्स सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–१० का ३१ वर्षीय राजेश बिक र हेटौंडा–५ का २६ वर्षीय मानवीर थिङ रहेका छन् । उनीहरूले बोकेको झोला खानतलासीको क्रममा वनरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

यस्तै अवैध लागूऔषध डाइजेपामसहित हेटौंडा–१३, पदमपोखरीबाट एक जनालाई पक्राउ परेका हुन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा २३ वर्षीय निक्मा लामालाई पक्राउ गरेको हो । उनको पाइन्टको खल्तीमा लुकाएर राखेको अवस्थामा लागूऔषध डाईजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नुर्फिन १ एम्पुल गरी ३ एम्पुललाई लागूऔषध फेला परेको हो ।

 प्रहरीले अनुसन्धानको क्रममा उनको साथबाट करिब ३३ एम्पुल लागूऔषध डाइजेपाम फेला परेको जनाएको छ । पक्राउ परेका तीन जनालाई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ७ : २० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी