हेटौंडामा लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

हेटौंडामा लागूऔषधसहित तीन जना पक्राउ


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर प्रहरीले हेटौंडाको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ छ । प्रहरीले हेटौंडा–४ स्कुलरोडबाट २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले २६ बोतल लागूऔषध वनरेक्स सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–१० का ३१ वर्षीय राजेश बिकहेटौंडा–५ का २६ वर्षीय मानवीर थिङ रहेका छन् । उनीहरूले बोकेको झोला खानतलासीको क्रममा वनरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

यस्तै अवैध लागूऔषध डाइजेपामसहित हेटौंडा–१३, पदमपोखरीबाट एक जनालाई पक्राउ परेका हुन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा २३ वर्षीय निक्मा लामालाई पक्राउ गरेको हो । उनको पाइन्टको खल्तीमा लुकाएर राखेको अवस्थामा लागूऔषध डाईजेपामएम्पुल, फेनारगनएम्पुलनुर्फिनएम्पुल गरी ३ एम्पुललाई लागूऔषध फेला परेको हो ।

 प्रहरीले अनुसन्धानको क्रममा उनको साथबाट करिब ३३ एम्पुल लागूऔषध डाइजेपाम फेला परेको जनाएको छ । पक्राउ परेका तीन जनालाई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ७ : २० बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट