त्रियुगा नगरपालिकाको १४, १५, १६ र १, २ मा कांग्रेस विजयी « Khabarhub

त्रियुगा नगरपालिकाको १४, १५, १६ र १, २ मा कांग्रेस विजयी


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको सदरमुकाम गाईघाटस्थित पुरानो नगरपालिका त्रियुगा नगरपालिकाको पाँच वटा वडाको मत गणना सकिएको छ । 

वडा नम्बर १४, १५, १६, १ र २ वडा नम्बरको मत गणना सकिएको हो । वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोजकुमार चौधरीको प्यानल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । त्यसैगरी वडा नम्बर २ मा नेकपा एमालेका घमानसिंह खत्री दोस्रो कार्यकालमा लागि निर्वाचित भएका हुन् । वडा नम्बर १६ मा गठबन्धनका नेकपा माओवादी केन्द्रका मानबहादुर राईको प्यानलले अत्यधिक मतका साथ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । वडा नम्बर १४ मा गठबन्धनका हिमराज मगरको प्यानल र १५ नम्बरमा गठबन्धनका गणेशप्रसाद तिम्सिनाको प्यानलै निर्वाचित भएका छन् । 

त्रियुगा नगरपालिका वडा नम्बर १ मा मनोजकुमार चौधरीले ७६२ मत सहित पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार नारायणप्रसाद ढकालले ४८२ मत पाए । विजयी वडासदस्यहरूमा अर्जुनकुमार चौधरी, तेजबहादुर बस्नेत रहेका छन् । महिला सदस्यमा श्यामकुमारी राई विजयी बनेकी छिन् भने दलित महिला सदस्यमा आरती सदा निर्वाचित भएका छन् । त्यसैगरी त्रियुगा नगरपालिका वडा नम्बर १६ मा वडाध्यक्षमा मानबहादुर राई निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट राईले ९ सय ३२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबहादुर मगरले ३ सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका विष्णुबहादुर मगरले १ सय ३६ मत प्राप्त गरेका थिए । राई सहित वडामा प्यानलै विजयी भएको छन् । 

महिला सदस्यमा गोमा कार्कीले ८८० मत प्राप्त गरेकी छिन् भने दलित महिला सदस्य कुन्ती परियारले ८७५ ल्याई विजयी बनेका छन् । खुल्ला सदस्यहरूमा घमनसिंह राईले ८४८ मत ल्याई विजयी बनेका छन् भने अर्का खुल्ला सदस्य राम नारायण श्रेष्ठले ८२८ मत ल्याई विजयी भएका छन् । राई नेकपा माओवादी र नेकपा (एस)को संयुक्त गठबन्धनका वडाध्यक्ष उम्मेदवार हो । वडाध्यक्ष राईको पुन दोस्रो कार्यकाल हो ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ७ : ५६ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक