एयर होस्टेस विधामा ५५ जना दीक्षित     « Khabarhub

एयर होस्टेस विधामा ५५ जना दीक्षित    


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल एयर होस्टेस एकेडेमीमामा अध्ययन गरेका ५५ जना एयर होस्टेस बिहीबार दीक्षित भएका छन् ।
सो एकेडेमीमा अध्ययनरत १६, १७ र १८औँ ब्याचका युवतीलाई दीक्षित भएर प्रमाणपत्र पाएसँगै उनीहरुलाई विमान परिचारिका बन्ने अवसर खुलेको छ । सात महिनाको अथक प्रयासपछि उनीहरु विमान परिचारिकाको रोजगारीका लागि सक्षम बनेको सो एकेडेमीका निर्देशक रेजिना तुलाधरले भनाई राखिन् ।
विमान परिचारिकालाई ग्ल्यामर तथा आर्कषक पेशा मानिन्छ । आकाशमा उड्ने यो पेशा जति रोमाञ्चक छ, उत्तिकै जिम्मेवारी पनि बहन गर्नुपर्ने खालको हुन्छ । त्यसैले यसको आकर्षण पनि बढ्दो छ ।
दीक्षान्त समारोहमा एकेडेमीका मुख्य प्रशिक्षक एवं नेपाल वायुसेवा निगमका सेवानिवृत्त वरिष्ठ एयर होस्टेस गौरी कला थापा, भारतीय मूलकी अन्तर्राष्ट्रिय विमान परिचारिका सञ्चिता नेपाली, व्यक्तित्व प्रशिक्षक रोजिन शाक्य तथा संस्थाका अध्यक्ष प्रदीपराज वन्तले शुभकामना दिए ।कार्यक्रममा सम्पूर्ण दीक्षित विद्यार्थीलाई प्रमाणपत्रका साथै तथा हरेक ब्याचका उत्कृष्ट विद्यार्थीलाई मेडलसमेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ८ : ३१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी