काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित « Khabarhub

काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छिन् ।

निर्वाचन आयोगका अनुसार मतगणना बिहीबार नै सम्पन्न भए पनि अन्तिम मत परिणाम भने शुक्रबार बिहान मात्रै घोषणा गरिनेछ ।

अन्तिम मत परिणाम अनुसार बालेन साहले ६१ हजार ७६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले नेकपा एसका रामेश्वर श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै उपमेयरमा विजयी भएकी छिन् । उनले ६८ हजार ६१२ मत ल्याइन् भने श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरे ।

मेयर पदमा विजयी भएको औपचारिक घोषणा भएपछि बालेनका समर्थकहरुले ‘धन्यवाद र्‍याली’ आयोजना गर्ने भएका छन् । मतगणनास्थल राष्ट्रिय सभागृहबाट र्‍याली शुरु हुने कार्यक्रम तय भएको छ ।

बालेनको जीत सुनिश्चित भएसँगै उनलाई सामाजिक सञ्जालमा बधाई दिएका छन् ।

बालेनको धन्यवाद र्‍याली शनिवार बिहान ६:३० मा सभागृहबाट शुरु भएर -भद्रकाली -त्रिपुरेश्वर – माइतीघर (सर्भिस ट्र्याक दक्षिण)- बबरमहल- बिजुलीबजार -युएन पार्क- कोरिडोर- शान्तिनगर- तिनकुने -कोटेश्वर- जडिबुटी- पेप्सिकोला (फिर्ता) – कोटेश्वर -तिनकुने- सिनामंगल – एयरपोर्ट -तिलगंगा- गौशाला -चावहिल -महाराजगञ्ज -सामाखुसी – नयाँ बसपार्क – बालाजु – स्वयम्भू – सितापाइला – कलंकी – बल्खु – कुलेश्वर – कालीमाटी – टेकु – त्रिपुरेश्वर – सुन्धारा हुँदै खुल्लामञ्चमा पुगेर ‘धन्यवाद सभा’मा परिणत हुने जनाइएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १० : ५२ बजे

किथुल परम्परालाई युनेस्कोको मान्यता, श्रीलंकाको कुटीर उद्योगमा अन्तर्राष्ट्रिय ध्यान

श्रीलंका – श्रीलंकाको परम्परागत किथुल पामबाट रस संकलन र प्रशोधन गर्ने

गाईभैँसी खरिद गर्न गाउँपालिकाको अनुदान

पर्वत– मोदी गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । नेपाल

तामाकोशीमा बस खस्दा कम्तीमा ६ जनाको मृत्यु

काठमाडौं– रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ ।

फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा हुने, पहिलो पोस्टर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको