काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित « Khabarhub

काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छिन् ।

निर्वाचन आयोगका अनुसार मतगणना बिहीबार नै सम्पन्न भए पनि अन्तिम मत परिणाम भने शुक्रबार बिहान मात्रै घोषणा गरिनेछ ।

अन्तिम मत परिणाम अनुसार बालेन साहले ६१ हजार ७६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले नेकपा एसका रामेश्वर श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै उपमेयरमा विजयी भएकी छिन् । उनले ६८ हजार ६१२ मत ल्याइन् भने श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरे ।

मेयर पदमा विजयी भएको औपचारिक घोषणा भएपछि बालेनका समर्थकहरुले ‘धन्यवाद र्‍याली’ आयोजना गर्ने भएका छन् । मतगणनास्थल राष्ट्रिय सभागृहबाट र्‍याली शुरु हुने कार्यक्रम तय भएको छ ।

बालेनको जीत सुनिश्चित भएसँगै उनलाई सामाजिक सञ्जालमा बधाई दिएका छन् ।

बालेनको धन्यवाद र्‍याली शनिवार बिहान ६:३० मा सभागृहबाट शुरु भएर -भद्रकाली -त्रिपुरेश्वर – माइतीघर (सर्भिस ट्र्याक दक्षिण)- बबरमहल- बिजुलीबजार -युएन पार्क- कोरिडोर- शान्तिनगर- तिनकुने -कोटेश्वर- जडिबुटी- पेप्सिकोला (फिर्ता) – कोटेश्वर -तिनकुने- सिनामंगल – एयरपोर्ट -तिलगंगा- गौशाला -चावहिल -महाराजगञ्ज -सामाखुसी – नयाँ बसपार्क – बालाजु – स्वयम्भू – सितापाइला – कलंकी – बल्खु – कुलेश्वर – कालीमाटी – टेकु – त्रिपुरेश्वर – सुन्धारा हुँदै खुल्लामञ्चमा पुगेर ‘धन्यवाद सभा’मा परिणत हुने जनाइएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १० : ५२ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको