हलेसी तुवाचुङको नीति कार्यक्रम : गहत र बदाम खेती प्रवर्द्धन   « Khabarhub

हलेसी तुवाचुङको नीति कार्यक्रम : गहत र बदाम खेती प्रवर्द्धन  


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गहत र बदाम खेती प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार आयोजना गरिएको ११औँ नगरसभामा मेयर बिमला राईले गहत, बदाम लगायतका कृषि उत्पादनको प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

खोटाङका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा गहत र बदाम खेती हुँदै आएको छ । स्वतःस्फूर्त रुपमा खेती हुँदै आएको गहत र बदामलाई कोसेलीका रुपमा बिक्री वितरणको व्यवस्था मिलाउने गरी प्रवर्द्धन गर्ने योजना बनाइएको मेयर राईले बताइन् ।

११ वडा रहेको नगरपालिकामा गहत र बदामको व्यवसायिक खेतीको प्रचुर सम्भावना छ । नगरमा उत्पादित गहत र बदाम जिल्ला बाहेक छिमेकी जिल्लाका बजारमा समेत पुग्ने गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार लगायतका ठाउँका किसानले गहत खेती गर्दैआएका छन् । हाल गाउँघरमा गहत दालको रुपमा उपयोग हुने गरेको छ ।

नगरपालिकाले ढाका, खाँडी जस्ता स्थानीय उत्पादनको समेत प्रवर्द्धन गर्ने, भूमि बैंकको अवधारणालाई अवलम्बन गरी खेतीयोय जमिन बाँझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्ने, वाली तथा पशु बिमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, बाँझो जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फुड लगायतका नगदेबाली खेती गर्ने कृषकलाई नगद प्रोत्सान स्वरुप प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रत्येक टोल बस्तीमा स्वच्छ खानेपानीको प्रबन्ध गर्ने, नगरपालिका भित्रका जेष्ठ नागरिक, अपाङ्ग, विपन्न एकल महिला तथा एकल पुरुषलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने, सुविधा सम्पन्न नगर अस्पताल निर्माण गरी स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने, सबै आमा समूहलाई बिउ पुँजी घुम्तिकोष कार्यक्रम उपलब्ध गराउने, जन्मेका सबै बालिकालाई बालिका बचत कार्यक्रममा समेट्ने भनिएको छ ।

यस्तै, नगरभित्रका उच्च शिक्षा (डक्टर, इन्जिनियर र पाईलट) अध्ययन गर्न चाहने विपन्न, जेहेन्दार तथा विद्याबारिधी गर्ने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्थापन गर्ने लगायतका योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ६ : १८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि