हलेसी तुवाचुङको नीति कार्यक्रम : गहत र बदाम खेती प्रवर्द्धन   | Khabarhub Khabarhub

हलेसी तुवाचुङको नीति कार्यक्रम : गहत र बदाम खेती प्रवर्द्धन  


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गहत र बदाम खेती प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार आयोजना गरिएको ११औँ नगरसभामा मेयर बिमला राईले गहत, बदाम लगायतका कृषि उत्पादनको प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

खोटाङका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा गहत र बदाम खेती हुँदै आएको छ । स्वतःस्फूर्त रुपमा खेती हुँदै आएको गहत र बदामलाई कोसेलीका रुपमा बिक्री वितरणको व्यवस्था मिलाउने गरी प्रवर्द्धन गर्ने योजना बनाइएको मेयर राईले बताइन् ।

११ वडा रहेको नगरपालिकामा गहत र बदामको व्यवसायिक खेतीको प्रचुर सम्भावना छ । नगरमा उत्पादित गहत र बदाम जिल्ला बाहेक छिमेकी जिल्लाका बजारमा समेत पुग्ने गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार लगायतका ठाउँका किसानले गहत खेती गर्दैआएका छन् । हाल गाउँघरमा गहत दालको रुपमा उपयोग हुने गरेको छ ।

नगरपालिकाले ढाका, खाँडी जस्ता स्थानीय उत्पादनको समेत प्रवर्द्धन गर्ने, भूमि बैंकको अवधारणालाई अवलम्बन गरी खेतीयोय जमिन बाँझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्ने, वाली तथा पशु बिमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, बाँझो जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फुड लगायतका नगदेबाली खेती गर्ने कृषकलाई नगद प्रोत्सान स्वरुप प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रत्येक टोल बस्तीमा स्वच्छ खानेपानीको प्रबन्ध गर्ने, नगरपालिका भित्रका जेष्ठ नागरिक, अपाङ्ग, विपन्न एकल महिला तथा एकल पुरुषलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने, सुविधा सम्पन्न नगर अस्पताल निर्माण गरी स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने, सबै आमा समूहलाई बिउ पुँजी घुम्तिकोष कार्यक्रम उपलब्ध गराउने, जन्मेका सबै बालिकालाई बालिका बचत कार्यक्रममा समेट्ने भनिएको छ ।

यस्तै, नगरभित्रका उच्च शिक्षा (डक्टर, इन्जिनियर र पाईलट) अध्ययन गर्न चाहने विपन्न, जेहेन्दार तथा विद्याबारिधी गर्ने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्थापन गर्ने लगायतका योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ६ : १८ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो