शैक्षिक उन्नयन गर्न स्वयंसेवक विकास कार्यक्रम « Khabarhub

शैक्षिक उन्नयन गर्न स्वयंसेवक विकास कार्यक्रम


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिन – इच्छाकामना गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि स्वयंसेवक विकास कार्यक्रम सुरुआत भएको छ । राष्ट्रिय युवा परिषद्संगको सहकार्यमा गाउँपालिकामा स्वयंसेवक विकास कार्यक्रम सुरु गरिएको हो ।

सार्वजनिक शिक्षा सवलीकरणमा युवा परिचालन गर्ने ध्येयले थालनि गरिएको सो कार्यक्रमको शनिबार इच्छाकामना–४ कुरिनटारस्थित सर्वशान्ति माध्यमिक विद्यालयमा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शुभारम्भ गरे ।

उनले स्वयंसेवक विकास कार्यक्रमले स्थानीय युवाहरूलाई आफ्नो गाउँको विद्यालयको शैक्षिक सुधारका लागि भूमिका निर्वाह गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । शैक्षिक गुणस्तर सुधार गर्न राष्ट्रिय युवा परिषद्ले यस कार्यक्रमका लागि इच्छाकामना गाउँपालिकालाई छनोट गरेकामा धन्यवाद दिए ।

गाउँपालिकाले पनि विद्यालयमा युवा स्वंसेवक शिक्षकको परिकल्पना गरेको उनले जानकारी दिए । विशेषगरी शिक्षक बिरामी हुँदा विद्यालयका शिक्षिका सुत्केरी भएको अवस्थामा लामो समय बिदा दिनुपर्ने भएकाले त्यस्तो अवस्थामा स्वयंसेवक शिक्षकले कक्षा सञ्चालन गर्न सकिने जनाइएको छ ।

राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले गाउँपालिका भौगोलिक दृष्टिले दुर्गम पहाडी भेग र पिछडिएका समुदायको बसोबास रहेको हुँदा यहाँको शैक्षिक गुणस्तर सुधारमा टेवा पुर्‍याउन यस कार्यक्रमका लागि इच्छाकामनालाई छनोट गरिएको बताए ।

बेरोजगार युवालाई सामाजिककार्यतर्फ आकर्षण गर्ने पनि कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ । यसरी युवा परिचालन गर्दा उनीहरूमा दक्षता बढ्ने उनको भनाइ छ । सो कार्यक्रमअन्तर्गत सहभागी युवाहरूलाई शनिबार नै ५० युवालाई एकदिने अभिमुखीकरण तालिमसमेत दिइएको छ ।

प्रशासकिय प्रमुख शर्माका अनुसार युवाले उक्त तालिमपश्चात आफ्नो टोलको विद्यालयको राम्रा र नराम्रा पक्षको जानकारी लिने छन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ९ : १५ बजे

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

काठमाडौं- निर्वाचनमा एक मतले पनि हारजित हुन्छ । जसकारण निर्वाचनअघि

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई