जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन : मतगणना आज « Khabarhub

जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन : मतगणना आज


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि निर्वाचन अन्तर्गत आइतबार बिहान मतगणना सुरु हुँदैछ।

प्रमुख निर्वाचन अधिकृत मुकुन्दबहादुर क्षेत्रीका अनुसार उम्मेदवार र प्रतिनिधिसँग बसेर छलफल गरेपछि मतगणना सुरु गर्न लागिएको हो ।

वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति चयनका लागि शनिबार भएको मतदानमा ९७७ मत खसेको छ । जीतपुरस्थित संघको भवनमा भएको मतदानमा वाणिज्यतर्फ ८९२, उद्योगतर्फ ८१ र एशोसियटतर्फ ४ मत खसेको हो ।

संघको वाणिज्यतर्फ एक हजार २१६, उद्योगतर्फ ८३ र एशोसियटतर्फ ६ गरी कुल एक हजार ३०५ मतदाता थिए । कुल मतको ७४.८७ प्रतिशत मत खसेको हो ।

संघको १९ सदस्यीय कार्यसमितिमध्ये निर्वाचनबाट वाणिज्य र उद्योगतर्फ गरी १६ जना निर्वाचित हुनेछन् । यसअघि संघको अध्यक्षमा मोहन शर्मा र उद्योगतर्फ सचिवमा मुकेशप्रसाद निर्विरोध निर्वाचित भइसकेका छन् भने एशोसियटतर्फको सदस्य पदमा कसैको उम्मेदवारी परेको थिएन ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ७ : १४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि