बृहस्पति ठूलो कसरी भयो ? यस्तो छ वैज्ञानिकहरूको दाबी  | Khabarhub Khabarhub

बृहस्पति ठूलो कसरी भयो ? यस्तो छ वैज्ञानिकहरूको दाबी 


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- चन्द्रमा, सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् । तर, विशाल ग्रह बृहस्पतिको उत्पत्तिको रहस्यबारे चित्तबुझ्दो जबाफ अझै फेला पर्न सकेको छैन ।

हालै गरिएको एक अध्ययनले बृहस्पतिलाई हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह मान्नुमा एउटा कारण रहेको पत्ता लागेको छ । वैज्ञानिकहरुका अनुसार यसले अन्य साना ग्रहहरू ‘खाएर’ यसको आकार (पृथ्वीभन्दा ३०० गुणा ठूलो) विशाल भएको हो ।

नासाको जुना अन्तरिक्ष अनुसन्धानले संकलन गरेको गुरुत्वाकर्षण तथ्यांक र ग्यास  कोरमा रहेको चट्टानी सामग्रीको ‘कम्पोजिसन’को अध्ययनका आधारमा बृहस्पति ग्रहले बच्चा ग्रह ‘खाएको’ वैज्ञानिकहरुले निस्कर्ष निकालेका हुन् ।

यो सिद्धान्त एसआरओएन नेदरल्याण्ड इन्स्टिच्युट फर स्पेस रिसर्चका यामिला मिगुएलको नेतृत्वमा रहेको खगोलविद्हरूको अन्तर्राष्ट्रिय टोलीले यस्तो प्रस्ताव गरेको थियो । उनीहरूले गत साता एस्ट्रोनोमी र एस्ट्रोफिजिक्स जर्नलमा आफ्नो लेख प्रकाशित गरेका थिए । यद्यपि, वृहस्पति कसरी बन्यो भन्ने बारेमा निश्चित रुपमा अझै थाहा नभएको वैज्ञानिकहरूको भनाइ छ ।

‘हाम्रो सौर्यमण्डलमा बन्ने पहिलो ग्रहहरूमध्ये बृहस्पति एक थियो । यद्यपि, यो कसरी बन्यो भन्ने बारे हामीलाई निश्चित रूपमा केही थाहा छैन’, नेदरल्यान्ड्सको लिडेन विश्वविद्यालयकी खगोल भौतिकशास्त्री यामिला मिगुएलले लाइभ साइन्सलाई बताइन् ।

बृहस्पति आज मुख्यतया घुमिरहेको ग्यासको बल हुन सक्छ, तर यसले सौर्यमण्डलका सबै अन्य ग्रहहरू जस्तै चट्टानी सामग्रीहरू संग्रह गरेर आफ्नो जीवन सुरु गरेको वैज्ञानिकहरूको दाबी छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ८ : ०३ बजे

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी

इरान – आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी– पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक