पर्यटन मन्त्री आलेद्वारा विभिन्न पूर्वाधारको शिलान्यास « Khabarhub

पर्यटन मन्त्री आलेद्वारा विभिन्न पूर्वाधारको शिलान्यास


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन् ।

उक्त आयोजनाको शनिबार एक कार्यक्रमबीच उनले शिलान्यास गरेका हुन् । क्रमागत योजनाका रुपमा कार्यान्वयन हुने उक्त आयोजनाअन्तर्गत रु नौं करोडको लागतमा रुपसकाँडा र बाँझिलेकमा घरबास, झरनास्थलमा शिवको मूर्ति, रुपसकाँडा–बाँझिलेक जोड्ने सडक निर्माण, छहरा झरना जाने सडक स्तरोन्नति, सेल्फी प्वाइन्ट लगायतका पूर्वाधार एकीकृत रुपमा निर्माण गरिने बताइएको छ ।

उक्त आयोजनाको शिलान्यास गर्दै मन्त्री आलेले स्थानीय जनताले आफ्नो ठाउँ कस्तो बनाउने भनेर चासो र चिन्ता लिन आग्रह गर्दै बजेट व्यवस्था गर्ने जिम्मेवारी आफ्नो रहने प्रतिबद्धता व्यक्त गरे । छिटफुट रुपमा पर्यटकको रोजाइँ र गन्तव्य बनेको भए पनि कोरोना कहरले थलिएको समयमा गत वर्ष मात्रै छहरा झरनामा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक भित्रिएका थिए ।

धार्मिक तथा पर्यटकीय क्षेत्र छहरा झरना हेर्न विशेष गरेर कैलाली, कञ्चनपुरसहित पूर्वी नेपालका जिल्ला र छिमेकीमूलुक भारतबाट समेत पर्यटक आउने गरेका स्थानीयवासी शङ्कर रावलले जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेको पहलमा यहाँको बडिकेदार, शैलेश्वरीलगायत खप्तड–मानसरोवरसम्मको विकासका लागि र देशका थुप्रै महत्वपूर्ण पर्यटकीय क्षेत्रमा मन्त्री आलेको ठूलो योगदान रहेको पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताए।

आयोजना शिलान्यास कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष दीर्घराज बोगटी, जोरायल गाउपालिका–२ का वडाध्यक्ष वीरबहादुर दर्लामी, विभिन्न सरोकारवाला, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : ५३ बजे

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको