मैत्रीपूर्ण खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा « Khabarhub

मैत्रीपूर्ण खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्यानडा र ओन्टारियो क्रिकेट टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्ने नेपाली क्रिकेट खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ ।

क्यानडा भ्रमणअन्तर्गत ओन्टारियोस्थित किङ्ग सिटीमा असार १७ देखि सुरु हुने एकदिवसीय सिरिजका लागि नेपाली खेलाडीहरुको नाम सार्वजनिक गरिएको हो ।

नेपाल क्रिकेट संघ क्यानले आज १४ सिरिजका लागि खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । जसमा कप्तान सन्दीप लामिछाने, उपकप्तान रोहित पौडेल, विकेटकिपर आशिफ शेख र विनोद भण्डारी रहेका छन् ।

त्यसैगरी कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करन केसी, सोमपाल कामी, देव खनाल, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो तथा पवन सराफको नाम समावेश गरिएको छ ।

आइतबार सार्वजनिक संशोधित खेल तालिकाअनुसार नेपाल र ओन्टारियोबीच असार १७ गते अभ्यास खेल हुनेछ । असार २० गते नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे हुनेछ । सोही समयमा दुई देशबीचको दोस्रो एकदिवसीय खेल भने असार २० गते हुनेछ ।

यसपश्चात् स्कटल्याण्डमा हुने विश्वकप लिग २ मा नेपालले नामिबिया र घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा भाग लिन अमेरिका पुगेको नेपाली टोली उतैबाट मैत्रीपूर्ण खेलको लागि क्यानडा भ्रमणमा गएको हो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १२ : ५३ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर