बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज सार्वजनिक गरियोस् : कृष्णगोपाल श्रेष्ठ « Khabarhub

बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज सार्वजनिक गरियोस् : कृष्णगोपाल श्रेष्ठ


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले सांसद कृष्णगोपाल श्रेष्ठले १४ असारमा बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज अविलम्ब सार्वजनिक गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४ असारमा अनधिकृत मान्छे सहभागी गराई बजेट बनाएकाले अर्थमन्त्रीले तत्काल राजीनामा दिन माग गरे ।

एमाले अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा बजेटमा भएको मानवीय त्रुटिका कारण तत्कालीन अर्थ सचिवले राजीनामा दिएको उनले बताए ।

यस्तै, पूर्व अर्थमन्त्री डा.रामशरण महतले पनि बजेटका विषयमा सांसदहरूले प्रश्न उठाएपछि आफूले तत्काल राजीनामा दिएको उल्लेख गर्दै अहिलेका अर्थमन्त्री शर्मालाई पनि राजीनामा दिन माग गरे ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : ३३ बजे

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना

‘डन ३’ मा फर्किए शाहरुख खान

काठमाडौं– बलिउडमा फेरि फिल्म ‘डन ३’ को चर्चा तातिरहेको छ

बोल्दै नबोली हिँडे १० मिनेट घण्टी घरमा बसेका बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाका साढे ३ वर्ष नेतृत्व गरेर आइतबार मेयर

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि