बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज सार्वजनिक गरियोस् : कृष्णगोपाल श्रेष्ठ « Khabarhub

बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज सार्वजनिक गरियोस् : कृष्णगोपाल श्रेष्ठ


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले सांसद कृष्णगोपाल श्रेष्ठले १४ असारमा बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज अविलम्ब सार्वजनिक गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४ असारमा अनधिकृत मान्छे सहभागी गराई बजेट बनाएकाले अर्थमन्त्रीले तत्काल राजीनामा दिन माग गरे ।

एमाले अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा बजेटमा भएको मानवीय त्रुटिका कारण तत्कालीन अर्थ सचिवले राजीनामा दिएको उनले बताए ।

यस्तै, पूर्व अर्थमन्त्री डा.रामशरण महतले पनि बजेटका विषयमा सांसदहरूले प्रश्न उठाएपछि आफूले तत्काल राजीनामा दिएको उल्लेख गर्दै अहिलेका अर्थमन्त्री शर्मालाई पनि राजीनामा दिन माग गरे ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : ३३ बजे

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक