पद्मा पुल उद्घाटनमा शेख हसिनाले भनिन्, ‘यो इट र सिमेन्टको थुप्रो मात्रै होइन, बंगलादेशको गौरव हो’ « Khabarhub

पद्मा पुल उद्घाटनमा शेख हसिनाले भनिन्, ‘यो इट र सिमेन्टको थुप्रो मात्रै होइन, बंगलादेशको गौरव हो’


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले त्यस मुलुकको सबैभन्दा लामो पुलको उद्घाटन गरेकी छिन् । बंगलादेश भएर बग्ने पद्मा नदीमाथि निर्मित ६ किलोमिटर लामो पुलको प्रधानमन्त्री हसिनाले उद्घाटन गरेकी हुन् ।

वर्षौँको ढिलासुस्ती, राजनीतिक संघर्ष, उच्च लागत खर्च र भ्रष्टाचारको आरोपबीच ८ वर्ष लगाएर यस पुलको निर्माण सम्पन्न भएको हो । यो पुलले विपन्न दक्षिणपश्चिम बंगलादेशलाई रेलमार्ग एवम् सडकमार्गले राजधानी ढाकासँग जोड्नेछ । पुलमा दुई तह रहेका छन् । माथिल्लो तहमा गाडी दौडनका लागि चार लेनको सडक निर्माण गरिएको छ भने तल्लो तहमा एकल ट्र्याकको रेलमार्ग बनाइएको छ ।

शेख हसिनाको सरकारले उच्च प्राथमिकतामा राखेको यस पुलले बंगलादेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

३ अर्ब ८६ करोड अमेरिकी डलर लागतमा निर्मित यो पूर्वाधार निर्माण परियोजना बंगलादेशको इतिहासकै सबैभन्दा महत्वकाक्षीं एवम् ठूलोमध्येको एक परियोजनाका रुपमा हेरिएको छ ।

यो पुलको निर्माण चिनियाँ कम्पनीले सन् २०१५ मा सुरु गरेको थियो । यद्यपि पछि बंगलादेश सरकार आफैँले क्यानाडाको निर्माण कम्पनीसँग सम्झौता गरी यस परियोजनालाई अघि बढाएको थियो । यद्यपि पुल निर्माता कम्पनी भ्रष्टाचार प्रकरणमा मुछिएपछि विश्व बैंक एवम् अन्य दातृ निकायहरुले यस परियोजनाबाट हात झिकेका थिए ।

क्यानाडाको एसएनसी लाभालिन कम्पनीले पुल निर्माणसम्बन्धी सरकारी अधिकारीलाई घुस दिएको अरोप लगाउँदै विश्व बैंकले आइन्दा एक दशकसम्म आफ्ना कुनै पनि परियोजनामा यस कम्पनीलाई सहभागी नगराउने निर्णय गरेको थयो । क्यानाडाका अभियोजनकर्ताहरुले यस कम्पनीविरुद्ध मुद्दा दायर गर्न अस्वीकार गरेका थिए ।

शेख हसिनाले पछि आफ्नो सरकारले यो परियोजना आफैँ निर्माण गर्ने दृढता व्यक्त गरेकी थिइन् । उनको यो घोषणालाई मुलुकभित्रकै अर्थशास्त्री, तथा राजनीतिक विपक्षीहरुले निकै अपत्यारिलो शैलीले हेरेका थिए । यसअघि बंगलादेशले यतिको स्तरमा पूर्वाधार निर्माण परियोजना अघि नबढाएको र दातृ निकायहरु पनि पछि हटेको कारण मुलुकभित्रका मात्रै नभएर मुलुकबाहिरका अर्थशास्त्रीहरुले पनि बंगलादेशी कदमको आलोचना गरेका थिए ।

पुल उद्घाटन समारोहमा प्रधानमन्त्री हसिनाले भनिन्, ‘केही मानिसहरु हामी सधैँ अरुकै भर पर्नुपर्छ भन्ने गर्थे तर हाम्रा राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमान (हसिनाका पिता) ले हामीलाई आत्मसम्मान सिकाउनु भएको छ ।’

‘यो पद्मा पुल इट र सिमेन्टको थुप्रो मात्रै होइन’ उनले भनिन्, ‘यो पुल बंगलादेशको गौरव, इज्जत र सक्षमताको पहिचान हो ।’

भ्वाइस अफ अमेरिकाबाट

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : ५४ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक