पद्मा पुल उद्घाटनमा शेख हसिनाले भनिन्, ‘यो इट र सिमेन्टको थुप्रो मात्रै होइन, बंगलादेशको गौरव हो’ « Khabarhub

पद्मा पुल उद्घाटनमा शेख हसिनाले भनिन्, ‘यो इट र सिमेन्टको थुप्रो मात्रै होइन, बंगलादेशको गौरव हो’


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले त्यस मुलुकको सबैभन्दा लामो पुलको उद्घाटन गरेकी छिन् । बंगलादेश भएर बग्ने पद्मा नदीमाथि निर्मित ६ किलोमिटर लामो पुलको प्रधानमन्त्री हसिनाले उद्घाटन गरेकी हुन् ।

वर्षौँको ढिलासुस्ती, राजनीतिक संघर्ष, उच्च लागत खर्च र भ्रष्टाचारको आरोपबीच ८ वर्ष लगाएर यस पुलको निर्माण सम्पन्न भएको हो । यो पुलले विपन्न दक्षिणपश्चिम बंगलादेशलाई रेलमार्ग एवम् सडकमार्गले राजधानी ढाकासँग जोड्नेछ । पुलमा दुई तह रहेका छन् । माथिल्लो तहमा गाडी दौडनका लागि चार लेनको सडक निर्माण गरिएको छ भने तल्लो तहमा एकल ट्र्याकको रेलमार्ग बनाइएको छ ।

शेख हसिनाको सरकारले उच्च प्राथमिकतामा राखेको यस पुलले बंगलादेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

३ अर्ब ८६ करोड अमेरिकी डलर लागतमा निर्मित यो पूर्वाधार निर्माण परियोजना बंगलादेशको इतिहासकै सबैभन्दा महत्वकाक्षीं एवम् ठूलोमध्येको एक परियोजनाका रुपमा हेरिएको छ ।

यो पुलको निर्माण चिनियाँ कम्पनीले सन् २०१५ मा सुरु गरेको थियो । यद्यपि पछि बंगलादेश सरकार आफैँले क्यानाडाको निर्माण कम्पनीसँग सम्झौता गरी यस परियोजनालाई अघि बढाएको थियो । यद्यपि पुल निर्माता कम्पनी भ्रष्टाचार प्रकरणमा मुछिएपछि विश्व बैंक एवम् अन्य दातृ निकायहरुले यस परियोजनाबाट हात झिकेका थिए ।

क्यानाडाको एसएनसी लाभालिन कम्पनीले पुल निर्माणसम्बन्धी सरकारी अधिकारीलाई घुस दिएको अरोप लगाउँदै विश्व बैंकले आइन्दा एक दशकसम्म आफ्ना कुनै पनि परियोजनामा यस कम्पनीलाई सहभागी नगराउने निर्णय गरेको थयो । क्यानाडाका अभियोजनकर्ताहरुले यस कम्पनीविरुद्ध मुद्दा दायर गर्न अस्वीकार गरेका थिए ।

शेख हसिनाले पछि आफ्नो सरकारले यो परियोजना आफैँ निर्माण गर्ने दृढता व्यक्त गरेकी थिइन् । उनको यो घोषणालाई मुलुकभित्रकै अर्थशास्त्री, तथा राजनीतिक विपक्षीहरुले निकै अपत्यारिलो शैलीले हेरेका थिए । यसअघि बंगलादेशले यतिको स्तरमा पूर्वाधार निर्माण परियोजना अघि नबढाएको र दातृ निकायहरु पनि पछि हटेको कारण मुलुकभित्रका मात्रै नभएर मुलुकबाहिरका अर्थशास्त्रीहरुले पनि बंगलादेशी कदमको आलोचना गरेका थिए ।

पुल उद्घाटन समारोहमा प्रधानमन्त्री हसिनाले भनिन्, ‘केही मानिसहरु हामी सधैँ अरुकै भर पर्नुपर्छ भन्ने गर्थे तर हाम्रा राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमान (हसिनाका पिता) ले हामीलाई आत्मसम्मान सिकाउनु भएको छ ।’

‘यो पद्मा पुल इट र सिमेन्टको थुप्रो मात्रै होइन’ उनले भनिन्, ‘यो पुल बंगलादेशको गौरव, इज्जत र सक्षमताको पहिचान हो ।’

भ्वाइस अफ अमेरिकाबाट

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : ५४ बजे

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक