टाटासँग मिलेर भारतले ई-पासपोर्ट जारी गर्ने | Khabarhub Khabarhub

टाटासँग मिलेर भारतले ई-पासपोर्ट जारी गर्ने


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत सरकारले ई–पासपोर्ट जारी गर्ने भएको छ । अन्तर्राष्ट्रिय यात्रालाई सजिलो बनाउँन सरकारले यसै वर्षको अन्त्यसम्ममा ई–पासपोर्ट जारी गर्न लागेको भारतीय अनलाइन समाचार पोर्टल बिजनेश स्ट्यान्डर्डले जनाएको हो ।

.भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले चाँडै विद्युतीय पासपोर्ट जारी गर्ने जानकारी दिएका हुन् । विदेशमन्त्री जयशंकरले नागरिक अनुभव र सार्वजनिक वितरण सुधार गर्न सरकार प्रतिबद्ध रहेको समेत जनाएका थिए ।

सरकारले कोभिड संक्रमणको समयमा पनि पासपोर्ट सेवा उत्तिकै जोस र जागरका साथ उपलब्ध गराएको उनले बताए । नागरिकका लागि राहदानी नियम र प्रक्रियालाई सरल बनाउन सरकार सफल भएको उनले दाबी गरे ।

भारतीय कम्पनी टाटा कन्सल्टेन्सी सर्भिज टीसीएसले विद्युतीय चिपमा आधारित पासपोर्ट उत्पादन गर्ने बिजनेस स्ट्यान्डर्डले जनाएको छ ।

यसका लागि भारत सरकारले उक्त कम्पनीसँग ६० अर्ब भरतीय रुपैयाँ बराबरको सम्झौता गरिसकेको जनाइएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : ०९ बजे

सुनचाँदी व्यवसायीको आन्दोलन जारी

काठमाडौं – सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग

कोशीको बजेट यथार्थपरक रसन्तुलित छ : मन्त्री मगर

मोरङ– कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले

उत्पादकत्व वृद्धि गरेर अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छ : मन्त्री भण्डारी

पाटन– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादकत्व वृद्धि र

अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छ : सांसद गिरी

काठमाडौं– सांसद पदम गिरीले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि

अस्पतालको तनावले फेसबुकमा ‘अलबिदा’ लेखेर हिँडेका डाक्टर सशुकल भेटिए

काठमाडौं- रामेछाप अस्पतालमा कार्यरत रहँदा केही व्यक्तिले दिएको तनावका कारण