पार्टीभित्र व्यक्तिको मूल्याङ्कनमा बेवास्ता भएपछि विद्रोह गर्नु  पर्‍यो : अध्यक्ष नेपाल « Khabarhub

पार्टीभित्र व्यक्तिको मूल्याङ्कनमा बेवास्ता भएपछि विद्रोह गर्नु  पर्‍यो : अध्यक्ष नेपाल


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र व्यक्तिको मूल्याङ्कनमा बेवास्ता भएपछि विद्रोह गर्नुपरेको बताएका छन्।

आइतबार काठमाडौँमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीको व्यक्तिवादी प्रवृतिविरुद्ध विद्रोह गर्न निकै गारो भएको समेत बताए।  विद्रोह गर्ने बेलामा आफ्नो पक्षमा केही अनुकूलता सिर्जना भएकाले सफल भएको उनले बताए। एमाले र माओवादी मिल्दा पार्टीमा वैचारिक मतभेद नभए पनि त्यसपछि भने ओली दक्षिणवादी भाँसमा भासिन थालेको उनले स्मरण गरे।

अध्यक्ष नेपालले अहिले नयाँ पार्टी गठन गरेपछि छोटो समयमा नै लोकप्रिय भएको दाबी गरे । स्थानीय निर्वाचनमा मतपत्रमा कमजोरी हुँदा अधिकांश स्थानमा पार्टीले हार व्यहोर्नु परेको उनको भनाइ छ । आफ्नो पार्टीलाई अवमूल्यन र अपमान गरे पनि गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहेको भन्दै अध्यक्ष नेपालले केही समस्या भए छलफल गरेर अघि बढ्ने बताए। उनले अहिलेको उपलब्धिलाई सानो ठान्न नहुने बताए।

त्यस्तै अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा महिलालाई उम्मेदवार बनाउँदा कतिपय ठाउँमा विद्रोह नै गर्नुपरेको जिकिर गरे।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : २९ बजे

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक