‘संदिग्ध भागदौड’ पछि दक्षिण अफ्रिकाको नाइटक्लबमा १७ जनाको शव फेला « Khabarhub

‘संदिग्ध भागदौड’ पछि दक्षिण अफ्रिकाको नाइटक्लबमा १७ जनाको शव फेला


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण अफ्रिकाको एउटा नाइट क्लबमा १७ जनाको शव फेला परेको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डन सहरमा रहेको नाइटक्लबमा १७ जनाको शव फेला परेको हो ।

बीबीसीका अनुसार एन्योबेनी टाभेर्नमा आइतबार एकाबिहानै १७ जनाको शव फेला परेको हो । त्यहाँ अरु केही मानिसहरु घाइते भएको देखिएको जनाइएको छ ।

‘घटनाको अवस्थाबारे अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता ब्रिगेडियर टेम्बिन्कोसी किनानाले दक्षिण अफ्रिकाको न्युजरुम अफ्रिका टेलिभिजन च्यानललाई जानकारी दिए । घटनाबारे अहिले नै निष्कर्षमा पुग्न नहुने उनले बताएको बीबीसीले जनाएको छ ।

पीडितका आफन्तहरुले आफूहरुलाई सुरक्षा अधिकारीहरुले मृतकको शव हेर्न समेत नदिएको आरोप लगाएका छन् ।

दक्षिण अफ्रिकाको इस्टर्न केप प्रहरी आयुक्त नोम्थेथेलेली लिलियानले दक्षिण अफ्रिकाको प्रसारण संस्था एसएबीसीलाई बताएअनुसार नाइटक्लबभित्र ‘संदिग्ध भागदौड’ मच्चिँदा घटना भएको देखिएको छ ।

घटनामा मारिएका अधिकांशको उमेर १८ देखि २० वर्ष रहेको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : ४४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि