‘संदिग्ध भागदौड’ पछि दक्षिण अफ्रिकाको नाइटक्लबमा १७ जनाको शव फेला « Khabarhub

‘संदिग्ध भागदौड’ पछि दक्षिण अफ्रिकाको नाइटक्लबमा १७ जनाको शव फेला


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण अफ्रिकाको एउटा नाइट क्लबमा १७ जनाको शव फेला परेको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डन सहरमा रहेको नाइटक्लबमा १७ जनाको शव फेला परेको हो ।

बीबीसीका अनुसार एन्योबेनी टाभेर्नमा आइतबार एकाबिहानै १७ जनाको शव फेला परेको हो । त्यहाँ अरु केही मानिसहरु घाइते भएको देखिएको जनाइएको छ ।

‘घटनाको अवस्थाबारे अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता ब्रिगेडियर टेम्बिन्कोसी किनानाले दक्षिण अफ्रिकाको न्युजरुम अफ्रिका टेलिभिजन च्यानललाई जानकारी दिए । घटनाबारे अहिले नै निष्कर्षमा पुग्न नहुने उनले बताएको बीबीसीले जनाएको छ ।

पीडितका आफन्तहरुले आफूहरुलाई सुरक्षा अधिकारीहरुले मृतकको शव हेर्न समेत नदिएको आरोप लगाएका छन् ।

दक्षिण अफ्रिकाको इस्टर्न केप प्रहरी आयुक्त नोम्थेथेलेली लिलियानले दक्षिण अफ्रिकाको प्रसारण संस्था एसएबीसीलाई बताएअनुसार नाइटक्लबभित्र ‘संदिग्ध भागदौड’ मच्चिँदा घटना भएको देखिएको छ ।

घटनामा मारिएका अधिकांशको उमेर १८ देखि २० वर्ष रहेको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : ४४ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को