रुसी सुनमाथि प्रतिबन्ध लगाउने जी ७ को तयारी « Khabarhub

रुसी सुनमाथि प्रतिबन्ध लगाउने जी ७ को तयारी


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका सबैभन्दा ठूला अर्थतन्त्रहरुको समूह जी ७ का नेताहरुले रुसी सुनमाथि प्रतिबन्धको तयारी गरेका छन् । जर्मनीको बभारिया राज्यस्थित सोल्स एल्माउमा भेला भएका जी ७ का नेताहरुले रुसी सुनको आयातमा प्रतिबन्धको तयारी गरेका हुन् ।

युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वभर खाद्यान्नलगायत अत्यावश्यक वस्तुको चरम अभाव एवम् चर्को मूल्यवृद्धि देखिरहेका बेला जी ७ ले रुसी सुनमाथि प्रतिबन्धको तयारी गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बेलायत, अमेरिका, जापान र क्यानाडाले रुसी अर्थतन्त्रलाई थप कसिलो पार्नका लागि सुनमाथि प्रतिबन्ध लगाउने प्रस्ताव ल्याएका हुन् ।  यसबारे मंगलबार सार्वजनिक घोषणा गरिने रोयटर्सले जनाएको छ ।

‘आज हामीले घोषणा गरेको कदमले रुसी धनाढ्यमाथि प्रत्यक्ष प्रभाव पार्नेछ र पुटिनको युद्ध मेसिनको मुटुमै प्रहार गर्नेछ ।’ बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

‘हामीले पुटिनको सत्तालाई पैसाको भोकमरी लगाउनु आवश्यक छ ।’ जोनसनले भने । सुनको निर्यात रुसको विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत रहेको रोयटर्सले जनाएको छ ।

रुससँग गत वर्ष १५ अर्ब ४५ करोड डलर बराबरको सुन निर्यात गरेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ४३ बजे

अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ

काबुल– गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको

उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रको गुनासो : नयाँ र पुराना दलबीच साइनबोर्ड मात्रै फरक रहेछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ

प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै

परराष्ट्रले भन्यो : पश्चिम एसिया द्वन्द्वबाट हालसम्म कोही नेपाली अप्ठ्यारोमा छैनन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा

जब हर्क र रवि एकसाथ देखिए (तस्बिरहरू)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष