दक्षिण अफ्रिकाको नाइट क्लबमा २२ जनाको शव फेला « Khabarhub

दक्षिण अफ्रिकाको नाइट क्लबमा २२ जनाको शव फेला


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अफ्रिकाको दक्षिणी शहर इस्ट लन्डनको नाइट क्लबमा २२ जनाको शव फेला परेको छ । यसअघि सरकारी अधिकारीले इस्ट लण्डनको एन्योबेनी टाभेर्नमा आइतबार एकाबिहानै १७ जनाको शव फेला परेको जनाएका थिए ।

पछि मृतकको संख्या २२ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हो । घटनामा अरु केही मानिसहरु घाइते भएको देखिएको जनाइएको छ ।

‘घटनाको अवस्थाबारे अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता ब्रिगेडियर टेम्बिन्कोसी किनानाले दक्षिण अफ्रिकाको न्युजरुम अफ्रिका टेलिभिजन च्यानललाई जानकारी दिए । घटनाबारे अहिले नै निष्कर्षमा पुग्न नहुने उनले बताएको बीबीसीले जनाएको छ ।

पीडितका आफन्तहरुले आफूहरुलाई सुरक्षा अधिकारीहरुले मृतकको शव हेर्न समेत नदिएको आरोप लगाएका छन् ।

दक्षिण अफ्रिकाको इस्टर्न केप प्रहरी आयुक्त नोम्थेथेलेली लिलियानले दक्षिण अफ्रिकाको प्रसारण संस्था एसएबीसीलाई बताएअनुसार नाइटक्लबभित्र संदिग्ध भागदौड’ मच्चिँदा घटना भएको देखिएको छ ।

घटनामा मारिएका अधिकांशको उमेर १८ देखि २० वर्ष रहेको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ५ : २९ बजे

मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुँने

काठमाडौं– आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती– बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली