जिप दुर्घटना हुँदा बझाङमा ६ जना घाइते « Khabarhub

जिप दुर्घटना हुँदा बझाङमा ६ जना घाइते


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दुर्गाथली गाउँपालिका–३ रकैलतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९९ नम्बरको जिप सडकबाट करिब ६० मिटर तल खस्दा चालकसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

दुर्घटनामा परेर दुर्गाथली गाउँपालिका–७ का ४० वर्षीय चालक रुपाल जप्रेल, दुर्गाथली गाउँपालिका शिक्षा शाखा संयोजक बैतडीको सुनर्या गाउँपालिका –२ घर भएका ४५ वर्षीय ललितकुमार पाण्डे, दुर्गाथली गाउँपालिका–५ का वडाध्यक्ष ४५ वर्षीय वकिल जप्रेल, दुर्गाथली गाउँपालिका–७ का ५२ वर्षीय उद्धव सिंह, दुर्गाथली गाउँपालिका –४ का ४८ वर्षीय खगेन्द्र मिश्र र दुर्गाथली गाउँपालिका–७ का ४० वर्षीय विष्णुबहादुर दौल्याल रहेका छन्।

घाइतेहरूको हात, खुट्टा, टाउको, कम्मरमा चोट लागे पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई जिल्ला अस्पताल सिमखेत ल्याइँदै गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ५ : ४७ बजे

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर

अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ

काबुल– गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको

उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रको गुनासो : नयाँ र पुराना दलबीच साइनबोर्ड मात्रै फरक रहेछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ

प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै

परराष्ट्रले भन्यो : पश्चिम एसिया द्वन्द्वबाट हालसम्म कोही नेपाली अप्ठ्यारोमा छैनन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा