जिप दुर्घटना हुँदा बझाङमा ६ जना घाइते « Khabarhub

जिप दुर्घटना हुँदा बझाङमा ६ जना घाइते


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दुर्गाथली गाउँपालिका–३ रकैलतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९९ नम्बरको जिप सडकबाट करिब ६० मिटर तल खस्दा चालकसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

दुर्घटनामा परेर दुर्गाथली गाउँपालिका–७ का ४० वर्षीय चालक रुपाल जप्रेल, दुर्गाथली गाउँपालिका शिक्षा शाखा संयोजक बैतडीको सुनर्या गाउँपालिका –२ घर भएका ४५ वर्षीय ललितकुमार पाण्डे, दुर्गाथली गाउँपालिका–५ का वडाध्यक्ष ४५ वर्षीय वकिल जप्रेल, दुर्गाथली गाउँपालिका–७ का ५२ वर्षीय उद्धव सिंह, दुर्गाथली गाउँपालिका –४ का ४८ वर्षीय खगेन्द्र मिश्र र दुर्गाथली गाउँपालिका–७ का ४० वर्षीय विष्णुबहादुर दौल्याल रहेका छन्।

घाइतेहरूको हात, खुट्टा, टाउको, कम्मरमा चोट लागे पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई जिल्ला अस्पताल सिमखेत ल्याइँदै गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ५ : ४७ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा