वर्थ डे ब्वाई अर्जुन : यस्ता छन् मलाइकासँग विवाह नगर्नुको कारण  « Khabarhub

वर्थ डे ब्वाई अर्जुन : यस्ता छन् मलाइकासँग विवाह नगर्नुको कारण 


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता अर्जुन कपुर आज आफ्नो जन्मदिन मनाउँदै छन् । जन्मदिनलाई विशेष बनाउन उनी प्रेमिका मलाइका अरोरासँग फ्रान्सको पेरिसमा छन् । फ्यानहरू उनीहरूको विवाहको पर्खाइमा छन् । तर अर्जुन र मलाइकाका लागि विवाह गर्ने कुरा त्यति सजिलो छैन । यी दुवैको परिवारमा केही यस्ता मानिसहरू छन्, जो अर्जुन र मलाइकाको विवाह हुन नदिन भिलेन बन्दैछन् ।

सोनम कपुर

अनिल कपुरकी छोरी सोनम मलाइकालाई पटक्कै मन पराउँदिनन् । एक पार्टीमा उनीहरूको झगडा नै भएको छ । त्यस कारण पनि मलाइकालाई अर्जुनले विवाह नगरुन् भन्ने चाहना सोनमको छ । मलाइकाको विषयलाई लिएर उनले अर्जुनलाई चेतावनी नै दिइसकेकी छन् ।

सलमान खान

अभिनेता सलमान खान पनि अर्जुन र मलाइकाको विवाह नहोस् भन्ने चाहन्छन् । उनीहरूको सम्बन्धलाई तोड्नका लागि सलमानले विभिन्न कदम पनि उठाएका छन् । उनले अर्जुनको पितासँग यस विषयमा कुराकानी गरिसकेका छन् ।

बोनी कपुर

अर्जुनका पिता बोनी कपुर अर्जुन र मलाइकाको विवाहको विरुद्धमा छन् । उनी अर्जुनबाट मलाइका अलग्गिउन् भन्ने चाहन्छन् । बोनी बिना कारण सलमानको परिवार परिवारसँग दुस्मनी मोल्न चाहँदैनन् । त्यही कारण उनी अर्जुनबाट मलाइका अलग्गिएको हेर्न चाहन्छन् ।

अरबाज खान

यो सूचीमा अरबाज खान पनि छन् । अरबाज आफू चाहिँ अरू कोहीसँग डेटमा छन्, तर उनकी पूर्व पत्नी मलाइका अर्जुनसँग डेटमा रहेको देख्दा क्रुद्ध छन् । उनी पनि पूर्व पत्नी मलाइका अर्जुनसँग विवाह नगरुन् भन्ने चाहन्छन् ।

अंशुला कपूर

अर्जुनकी बहिनी अंशुला कपूर पनि अर्जुनको विवाह मलाइका नहोस् भन्ने चाहिन्छन् । सुरुवाती समयमा अंशुला अर्जुन र मलाइकाको जोडीलाई मन पराउँदिन थिइन् । तर अहिले उनको सोचाइमा परिवर्तन आएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ७ : ३६ बजे

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन