राप्रपाको दुई दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न « Khabarhub

राप्रपाको दुई दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय प्रशिक्षण विभागद्वारा काठमाडौंमा आयोजित दुई दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको अबको कार्यनीति’ विषयमा प्रशिक्षण दिएका थिए । दुई दिनसम्म चलेको उक्त प्रशिक्षणमा प्रशिक्षार्थीलाई अध्यक्ष लिङ्देनले प्रमाण पत्र वितरण समेत गरेका थिए ।

उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख ध्रुब बहादुर प्रधानले प्रशिक्षक प्रशिक्षणबाट तयार भएका प्रशिक्षकलाई निकट भविष्यमा सबै तहमा हुने प्रशिक्षणका लागि खटाइने जानकारी दिए ।

उनले भने, ‘प्रशिक्षण कार्यक्रम लिएर हामी सकेसम्म हरेक पालिका र वडासम्म पुग्नेछौं ।’

आजको सत्रमा पार्टीका सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, सहायक महामन्त्री रमानन्द न्यौपाने, केन्द्रीय सदस्य डा. राजेश गिरी, आइटी विज्ञ विप्लवमान सिंह, मोटिभेसनल स्पिकर रवीन कटुवालले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा राप्रपालाई अग्रणी शक्तिको रुपमा स्थापित गर्न पालिका र वडा तहसम्म प्रशिक्षण सञ्चालन गर्न निर्देशन दिए ।

 

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १० : ३७ बजे

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको