यातायात व्यवस्था कार्यालद्वारा २२ करोड ३० लाखभन्दा बढी राजस्व संकलन « Khabarhub

यातायात व्यवस्था कार्यालद्वारा २२ करोड ३० लाखभन्दा बढी राजस्व संकलन


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ३० लाखभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार आव २०७८/७९ ५५ करोड ५६ लाख ६८ राजस्व संकलन भएको हो ।

सवारी करबाट ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट १२ लाख एक हजार १६१ तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट एक करोड ३२ लाख चार हजार ९८१ राजस्व संकलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए । यो आव २०७७/७८ को भन्दा २२ करोड ३० लाख बढी हो । अघिल्लो आर्थिक वर्षमा ३९ करोड २२ लाख राजस्व संकलन भएको थियो ।

यस्तै आव २०७८/७९ मा १६ हजार १८७ मोटरसाइकल, ५११ ट्रयाक्टर, ४७१ टेम्पु, २८२ इ-रिक्सा, २३८ जिप-कारलगायत १५ हजार ९२० नयाँ सवारी साधन दर्ता भएको उनले बताए । कार्यालय प्रमुख साहका अनुसार सो आवमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको थियो भने २२ हजार ७५० सवारी साधन नवीकरण गरिएको थियो ।

मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई  नवीकरणमा लाग्ने जरिवाना छुट दिनु, नयाँ सवारीसाधनको दर्ता बढ्नु र कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले गत आवमा राजस्व संकलन उल्लेखनीय बढेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १२ : २६ बजे

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन