महाकाली भन्सारबाट निर्यात शून्य  « Khabarhub

महाकाली भन्सारबाट निर्यात शून्य 


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रुपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ । कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार आव २०७८/७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिँडी, चप्पललगायत सामानहरू बढी आयात भएका  थिए । ८१ लाख २१ हजार ३१४ को सामान भित्रिएकोमा  निर्यात भने शून्य  रहेको हो । 

यस नाकाबाट कुनै पनि सामान निकासी  नभएको भन्सार कार्यालयले जनाएको छ  । केही वर्षअघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात भएन । कार्यालयका  अनुसार साउन महिनामा भारतबाट आठ लाख ५५ हजार ५२०, भदौमा १० लाख ५३ हजार ९०३ असोजमा, १३ लाख ३४ हजार ९८३, कात्तिकमा नौ लाख १९ हजार ३८२, मङ्सिरमा १० लाख ५५ हजार २२, पौषमा दुई लाख ३८ हजार ३६३ को सामान आयात भएको थियो ।

यस्तै माघ महिनामा चार लाख ९१ हजार ३७२, फागुनमा पाँच लाख ८४ हजार ३८२, चैतमा तीन लाख चार हजार ९५२, वैशाखमा दुई लाख ३३ हजार ८९, जेठमा चार लाख २९ हजार ५२४ र असारमा छ लाख २० हजार ६२२ को सामान भित्रिएको थियो  । उक्त कार्यालयले गत आर्थिक वर्षमा  भन्सार महसुलबाट १६ लाख तीन हजार ८७३, भन्सार सेवा दस्तुरबाट ८७ हजार ५००, मूल्य अभिवृद्धिकरबाट छ लाख ६३ हजार ४६८, अन्तशुल्कबाट १२ हजार ५६ गरी रु  २३ लाख ६६ हजार ८९७ राजस्व संकलन गरेको थियो। 

गत आर्थिक वर्षमा उक्त कार्यालयले रु ४३ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यभन्दा कम २३ लाख ६६ हजार आठ सय ९७ मात्रै संकलन भएको हो । अहिले  व्यापारिक  प्रयोजनका लागि पनि सामान कम मात्रा आउने तथा आयात घटेकाले राजस्व संकलनमा कमी आएको बताइएको छ । झुलाघाट नाकामा  मोटरवेल पुल नहुँदा व्यापारीहरूले धेरैजसो सामानहरू धनगढी वा काठमाडौँबाटै ल्याउने  गरेका छन् । 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  २ : ०७ बजे

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र