बस नदीमा खस्दा केन्यामा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो « Khabarhub

बस नदीमा खस्दा केन्यामा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक केन्यामा बस नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । राजमार्गमा कुदिरहेका बेला बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटना भएको थाहा पाउनेबित्तिकै सुरक्षाकर्मी, उद्धारकर्ता र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धारमा खटिएको केन्या रेडक्रस सोसाइटीले जनाएको छ ।

देशको मध्य भागमा पर्ने मेरुबाट राजधानी नैरोबीतर्फ गइरहेको बेला बस निथी नदीमा खसेको हो । बस राजमार्गबाट ४० मिटर तल खसेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा परेका अरु २० भन्दा बढी यात्रुलाई स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

शुरुमा दिएको जानकारीमा यस दुर्घटनामा परी २४ जनाको मृत्यु भएको जनाइएको थियो ।

गम्भीर अवस्थामा रहेका छ जनाको मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको बताइएको छ । स्पष्ट कारण नखुलेपनि बस तीव्र गतिमा रहेको र नियन्त्रण गुमाएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ३ : २२ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द