‘कोमामा रहेको शेयर बजारलाई मौद्रिक नीति सिटामोल मात्रै भयो’ « Khabarhub

‘कोमामा रहेको शेयर बजारलाई मौद्रिक नीति सिटामोल मात्रै भयो’


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कठमाडौँ : शेयर बजारकी व्यापारी राधा पोखरेलले मौद्रिक नीतिले शेयर बजारलाई खासै ठूलो राहत नदिएको बताएकी छन् । मौद्रिक नीतिका बारेमा खबरहबले आयोजना गरेको छलफलमा उनले यस्तो बताएकी हुन् । पछिल्लो समय शेयर बजारका व्यापारी आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेपनि त्यसको सुधारका लागि राष्ट्र बैंकको नीति राम्रो नआएको उनले बताएकी हुन् ।

यस्तो अवस्थामा राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति शेयर बजारका लागि सिटामोल मात्रै भएको उनले बताइन् । सरकारकै कारण शेयर बजार अहिले कोमामा रहेको पनि उनले भनाई छ ।

‘कोमामा रहेको शेयर बजारलाई उकास्न राम्रो औषधि चाहिन्थ्यो, तर मौद्रिक नीति सिटामोल मात्रै हो’ उनले भनिन् । राष्ट्र बैंकले फुलबुट्टा भरेर मौद्रिक नीति ल्याएपनि त्यो शेयर बजारका लागि राहत दिने खालको नभएको पोखरेलले बताइन् ।

साथै उनले राष्ट्र बैंकका अधिकारीले शेयर बजारलाई धितोपत्र बोर्डले नियमन गर्ने भनेपनि मौद्रिक नीतिका कारण शेयर बजार प्रभावित भएको बताइन् । ‘राष्ट्र बैंकको हरेक नीतिले शेयर बजारलाई प्रभावित गर्छ,’ उनले भनिन्, ‘तर केन्द्रीय बैंकका अधिकारी हामीलाई धितोपत्र बोर्ड जानुस् भन्नुहुन्छ । यो ठूलो समस्या हो । ठूलो गैरजिम्मेवारीपन हो ।’

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ३ : ४८ बजे

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ