‘नेपालको सन्दर्भमा अहिलेको मौद्रिक नीति विचरा हो’ « Khabarhub

मौद्रिक नीति छलफल

‘नेपालको सन्दर्भमा अहिलेको मौद्रिक नीति विचरा हो’


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अर्थशास्त्री डा.चन्द्रमणि अधिकारीले वर्तमान सन्दर्भमा नेपालको मौद्रिक नीति विचरा भएको टिप्पणी गरेका छन् । कोरोना महामारी र रुस–युक्रेन युद्धको संकट विश्वव्यापी असर परेका बेलामा नेपालमा राष्ट्र बैंकको मौद्रिक नीति विचरा भएको उनको टिप्पणी छ ।

‘यस्तो बेला नेपालमा राष्ट्र बैंकले ल्याएको विचरा मौद्रिक नीति हो,’ खबरहबले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफलमा अर्थशास्त्री अधिकारीले भने, ‘संकटको घडीमा धेरैतिर समस्या भएका बेला मौद्रिक नीति औपचारिक मात्रै हो । ठूलो आशा गर्न सकिन्न ।’

समग्रमा मौद्रिक नीति बाध्यतात्मक रुपमा आएपनि सन्तुलित हुन जटिल भएको पनि बताए । तर आर्थिक वृद्धिदर र बैंकको ब्याजदर बढाएर ल्याउनु चिन्ताको विषय भएको उनले बताए ।

एक समय चीन पनि आर्थिक संकटमा फसेको भन्दै उनले यसको समाधानका लागि उत्पादनतिर जोड दिनुको विकल्प नभएको बताए । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा आफूसँग पैँसा नभएको र विदेशबाट आयात गर्न चाहिने पर्याप्त डलर पनि नभएको स्पष्ट सन्देश दिएको अधिकारीले बताए ।

‘यस्तो अवस्थाको मौद्रिक नीति आफैँमा ठूलो आश गर्न सकिने विषय होइन’ उनले कार्यक्रममा भने, ‘तर नेपालमा पर्याप्त पैँसा नभएको र आयातले धानेको बजारमा डलर पनि पर्याप्त नभएको स्पष्ट सन्देश मौद्रिक नीतिले दिएको छ । यो चिन्ताको विषय हो ।’

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ४ : २९ बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थप्न  सरकारलाई आग्रह

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण