सम्पत्ति शुद्धीकरणबारे सदनलाई जानकारी गराउन माग « Khabarhub

सम्पत्ति शुद्धीकरणबारे सदनलाई जानकारी गराउन माग


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ) बारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका छन् ।

बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानुन बनिनसकेको र भएको पनि प्रभावकारीरुपमा कार्यान्वयन नभएको अवस्थामा मुलुकमा व्यापक कर छली र भ्रष्ट्राचार बढिरहेको सन्दर्भमा समष्टिगत मूल्य प्रणाली कमजोर रहेको विज्ञहरूले औँल्याइरहेको भन्दै वास्तविकता सार्वजनिक गर्न आग्रह गरे।

फाइनान्सियल एक्सन टाक्सफोर्ससँग सम्बन्धित एसिया प्यासिफिक ग्रुप अन मनिलन्ड्रिङको नेपाल सदस्य हो । इपिजीको परस्पर मूल्याङ्कन आगामी अक्टोबर नोभेम्बरमा हुने सुनिएको र यस्तो मूल्याङ्कन मूलतः हाम्रो कानुनी व्यवस्था र कार्यान्वयन र यसको प्रभावकारिताका आधारमा गरिने भएकाले नेपाललाई कालोसूचीमा पर्न नदिन बेलैमा तयारी गरिनुपर्ने सांसद थापाको भनाइ छ ।

सांसद थापाले कालोसूचीमा परे विप्रेषण र आयातमा निर्भर नेपालजस्तो मुलुकको अन्तर्राष्ट्रिय बैङ्किङ कारोबार बन्द हुने एलसी खोल्न नपाउने अवस्था आउन नदिने गरी तयारी गर्न आग्रह गरे। उनले भने, “मूल्याङ्कनका ४० सूचकाङ्कमा नेपालको अवस्था के छ, विज्ञहरूले आशङ्का गरेको जस्तो कालोसूचीमा पर्न नदिन सरकारले के कस्तो तयारी गरिरहेको छ, त्यो सदनलाई जानकारी गराउन माग गर्दछु ।”

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ४ : ४४ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–