‘उद्यमीले औद्योगिक उत्पादनको निर्यात बढाउनुपर्छ’  « Khabarhub

‘उद्यमीले औद्योगिक उत्पादनको निर्यात बढाउनुपर्छ’ 


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको व्यापार घाटा कम गर्न उद्यमीले औद्योगिक उत्पादनको निर्यात बढाउनेतर्फ लाग्नुपर्ने बताएका छन् । मोरङ व्यापार सङ्घद्वारा आज आयोजित भेटघाट तथा छलफल कार्यक्रममा उनले वर्तमान सरकार आयात प्रतिस्थापन गर्नका लागि निजी क्षेत्रका उद्यमीले स्थापना गर्ने निर्यातजन्य उद्योग स्थापनामा आवश्यक सहयोग गर्न तत्पर रहेकाले त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

मन्त्री बडूले सरकारले यस वर्षको बजेटमा निर्यात गर्ने उद्योगलाई नगद अनुदान र विद्युत् महशुलमा छुट दिएको स्मरण गराउँदै उद्योग स्थापनामा सहजता पुऱ्याउनका लागि एकबिन्दु सेवा अवधारणा ल्याएको जानकारी दिए । उनले  ऐतिहासिक, राजनीतिक जागरणका रुपमा रहेको विराटनगर जुटमिल सञ्चालनका सम्बन्धमा आवश्यक मोडालिटीको अन्तिम तयारीमा रहेको बताए । मन्त्री बडूले सरकार उद्योगीको समस्याप्रति गम्भीर रहेको भन्दै घ्यू, तेल, वायरसम्बन्धी उद्यमीका समस्या समाधान गर्ने विश्वास दिलाए ।

उनले सुनसरीमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन भएको जनाउँदै निर्माण हुने औद्योगिक क्षेत्र निर्माणले मुलुकको आर्थिक समृद्धि कायम हुनुका साथै यस क्षेत्रमा रोजगारी वृद्धि भई आर्थिक चलायमान हुने धारणा राखे । मन्त्री बडुले विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि बजेटको व्यवस्था हुने र यसले मुलुकको व्यापार प्रवद्र्धनमा ठूलो टेवा दिने बताए ।

उनले भारतको बथनाहाबाट मोरङको कटहरीसम्म १८ किलोमिटर कार्गो रेल सञ्चालनका लागि मुआब्जासम्बन्धी विवाद अविलम्ब समाधान गर्न जिम्मेवार निकायको ध्यानाकर्षण गराउने विश्वास दिलाउँदै रेल सञ्चालनबाट उद्यमीको ढुवानी भाडा बचत हुनाका साथै यस क्षेत्रको औद्योगिकरणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे।  विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कार्गो रेल्वे सञ्चालन, औद्योगिक ग्राम निर्माण र औद्योगिक प्रदर्शनीस्थल निर्माणका सम्बन्धमा ध्यानाकर्षण गराएका थिए । 

सङ्घका अध्यक्ष नवीन रिजाल, उपाध्यक्ष विकास बागवानी, पूर्वअध्यक्षहरू ताराचन्द खेतान, पवन शारडा, जिगदिशप्रसाद अग्रवाल, अनिल साह र अमित राठीले तस्करी नियन्त्रण गर्नुपर्ने, वायर उद्योगको कर समस्या समाधान हुनुपर्ने, गहुँ आयात, घ्यूतेल उद्योगका समस्या सम्बन्धमा ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : १९ बजे

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना