‘उद्यमीले औद्योगिक उत्पादनको निर्यात बढाउनुपर्छ’  « Khabarhub

‘उद्यमीले औद्योगिक उत्पादनको निर्यात बढाउनुपर्छ’ 


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको व्यापार घाटा कम गर्न उद्यमीले औद्योगिक उत्पादनको निर्यात बढाउनेतर्फ लाग्नुपर्ने बताएका छन् । मोरङ व्यापार सङ्घद्वारा आज आयोजित भेटघाट तथा छलफल कार्यक्रममा उनले वर्तमान सरकार आयात प्रतिस्थापन गर्नका लागि निजी क्षेत्रका उद्यमीले स्थापना गर्ने निर्यातजन्य उद्योग स्थापनामा आवश्यक सहयोग गर्न तत्पर रहेकाले त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

मन्त्री बडूले सरकारले यस वर्षको बजेटमा निर्यात गर्ने उद्योगलाई नगद अनुदान र विद्युत् महशुलमा छुट दिएको स्मरण गराउँदै उद्योग स्थापनामा सहजता पुऱ्याउनका लागि एकबिन्दु सेवा अवधारणा ल्याएको जानकारी दिए । उनले  ऐतिहासिक, राजनीतिक जागरणका रुपमा रहेको विराटनगर जुटमिल सञ्चालनका सम्बन्धमा आवश्यक मोडालिटीको अन्तिम तयारीमा रहेको बताए । मन्त्री बडूले सरकार उद्योगीको समस्याप्रति गम्भीर रहेको भन्दै घ्यू, तेल, वायरसम्बन्धी उद्यमीका समस्या समाधान गर्ने विश्वास दिलाए ।

उनले सुनसरीमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन भएको जनाउँदै निर्माण हुने औद्योगिक क्षेत्र निर्माणले मुलुकको आर्थिक समृद्धि कायम हुनुका साथै यस क्षेत्रमा रोजगारी वृद्धि भई आर्थिक चलायमान हुने धारणा राखे । मन्त्री बडुले विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि बजेटको व्यवस्था हुने र यसले मुलुकको व्यापार प्रवद्र्धनमा ठूलो टेवा दिने बताए ।

उनले भारतको बथनाहाबाट मोरङको कटहरीसम्म १८ किलोमिटर कार्गो रेल सञ्चालनका लागि मुआब्जासम्बन्धी विवाद अविलम्ब समाधान गर्न जिम्मेवार निकायको ध्यानाकर्षण गराउने विश्वास दिलाउँदै रेल सञ्चालनबाट उद्यमीको ढुवानी भाडा बचत हुनाका साथै यस क्षेत्रको औद्योगिकरणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे।  विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कार्गो रेल्वे सञ्चालन, औद्योगिक ग्राम निर्माण र औद्योगिक प्रदर्शनीस्थल निर्माणका सम्बन्धमा ध्यानाकर्षण गराएका थिए । 

सङ्घका अध्यक्ष नवीन रिजाल, उपाध्यक्ष विकास बागवानी, पूर्वअध्यक्षहरू ताराचन्द खेतान, पवन शारडा, जिगदिशप्रसाद अग्रवाल, अनिल साह र अमित राठीले तस्करी नियन्त्रण गर्नुपर्ने, वायर उद्योगको कर समस्या समाधान हुनुपर्ने, गहुँ आयात, घ्यूतेल उद्योगका समस्या सम्बन्धमा ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : १९ बजे

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ