भावनाको  तीज गीत ‘चट्ट रातो सारीमा’ (भिडियो) « Khabarhub

भावनाको  तीज गीत ‘चट्ट रातो सारीमा’ (भिडियो)


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका भावना आचार्यको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गरी गायिका भावनाले सार्वजनिक गरेको गीतमा उनकै शब्द र संगीत रहेको छ । गीतमा भावनालाई अभिनयमा मनिता खुलालले साथ दिएकी छन् ।

भावना र मनितासँगै अशोक धिताल र दिलिप ओखेडाको अभिनय रहेको भिडियोमा गम्भीर विष्टको निर्देशन तथा मुकेश हुमागाईँको छायांकन रहेको छ । भिडियोमा कविता तोलंगीको मेकअप रहेको छ ।

नविन निरौलाले सम्पादन गरेको भिडियो गायिका स्वयम्‌कै अफिसियल च्यानलबाट बजारमा आएको हो । यसअघि भावनाका बग्ने खोला, मुलको पानी, बोल्दैन फोटो, लगायतका गीतहरूले राम्रो चर्चा बटुलेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : २२ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने