ट्याटु खोपाएर ‘ब्ल्याक एलियन’ बन्न खोज्नेलाई कसैले जागिर दिएन, जीवन काट्नै धौ धौ « Khabarhub

ट्याटु खोपाएर ‘ब्ल्याक एलियन’ बन्न खोज्नेलाई कसैले जागिर दिएन, जीवन काट्नै धौ धौ


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वमा मानिसहरुका धेरै सोखहरु हुने गरेका छन् । मानिसहरु अनौठा काम गरेर चर्चामा आउन चाहन्छ । तर, आफूलाई अनौठो बनाएर चर्चामा आउन खोज्ने एकजना फ्रान्सेलीलाई भने आफ्नो सोख नै समस्या बनेको छ ।

फ्रान्सका ३२ वर्षीय एन्थनी लोफ्रेडोलेले आफूलाई अनौठो बनाउन अनुहार र शरीरभरी ट्याटु खोपाएका छन् । शरीरभर ट्याटु खोपाएका उनले आफूलाई ‘ब्ल्याक एलियन’ को रूपमा परिणत गरेका छन् ।

आफ्नो पूरा शरीरभर ट्याटु बनाइसकेका उनले आँखाको नानीमा समेत ट्याटु बनाएका छन् ।

एन्थनीले आफ्नो नाक र माथिल्लो ओठ पनि काटेर हटाएका छन् भने माथिल्लो ओठ हटाएको र जिब्रो काटेपछि उनलाई बोल्न समेत समस्या भइरहेको छ ।

किर्तिमानी बन्ने एन्थनीलाई अहिले कुनै कम्पनीले पनि जागिर नदिएपछि भने उनी समस्यामा परेका छन् । उनलाई कसैले पनि जागिर नदिएपछि दैनिक गुजारा चलाउन नै धौ धौ परेको छ ।

‘मैले जागिर भेटिरहेको छैन, यहाँ धेरै नकारात्मक कुराहरुमात्र सुनिन्छन् । यो सकारात्मक पनि हुनसक्छ किनकी तपाईँ यसबाट राम्रो महसुस गर्नुहुन्छ तर यहाँ नकारात्मक पक्ष पनि छन् ।’ एन्थोनीलाई उद्धृत गर्दै लास्टली डट कमले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : ४१ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक