श्रीलंकालाई गर्दै आएको सहयोग जारी राख्ने भारतीय उच्चयुक्तको भनाइ « Khabarhub

श्रीलंकालाई गर्दै आएको सहयोग जारी राख्ने भारतीय उच्चयुक्तको भनाइ


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले श्रीलंकालाई गर्दै आएको सहयोगलाई जारी नै राख्ने जनाएको छ । श्रीलंकाका लागि भारतीय उच्चायुक्तले भारतले श्रीलंकालाई गर्दै आएको सहयोग निरन्तरता दिने जनाएका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार श्रीलंकाका लागि भारतीय उच्चायुक्त गोपाल बगलेले श्रीलंकाको लोकतन्त्र, स्थायित्व एवम् आर्थिक सुधारका लागि भारतले गर्दै आएको सहयोगलाई निरन्तरता दिने जानकारी दिएका हुन् ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण जनआक्रोश बढ्दै गएसँगै विशाल प्रदर्शनपछि त्यहाँ नयाँ सरकार गठन गरिएको छ ।

नयाँ सरकार गठन भएपनि श्रीलंकाका अवस्थामा तुलनात्मक सुधार आउन नसकेको टिप्पणी गरिन्छ ।

हाल श्रीलंकाले भारत, जापान, चीन, रुस, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता मुलुक एवम् संस्थाहरुसँग सहयोगको अपिल गर्दै आएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : ०३ बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६