स्थानीय तहमा ४१ प्रतिशत युवा निर्वाचित « Khabarhub

स्थानीय तहमा ४१ प्रतिशत युवा निर्वाचित


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २१ देखि ४० वर्ष उमेर समूहका युवा १४ हजार ४४२ अर्थात् ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् । प्रमुखमा ३७, उपप्रमुखमा ९५, अध्यक्षमा १०६, उपाध्यक्षमा दुई सय ३४ युवा निर्वाचित भएका थिए ।

नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्ने गरिन्छ । वडाध्यक्षमा दुई हजार तीन सय १२, महिला सदस्यमा तीन हजार दुई सय ३३, दलित महिला सदस्यमा तीन हजार छ सय ६ र सदस्यमा चार हजार ८१९ निर्वाचित हुनुभएको छ । ४१ देखि ६० वर्षका ५२ दशमलव २७ प्रतिशत, ६१ देखि ८० वर्षका ६ दशमलव ५२ प्रतिशत र ८० भन्दा माथिका शून्य दशमलव ०४८ प्रतिशत निर्वाचित भएका छन् ।

आयोगका अनुसार ४१ देखि ६० वर्ष उमेर समूहका १८ हजार तीन सय ४७ र ६१ देखि ८० वर्ष उमेर समूहका ज्येष्ठ नागरिक दुई हजार दुई सय ९१ निर्वाचित भएको आयोगले जनाएको छ । यसैगरी ८० वर्षभन्दा माथिका १७ निर्वाचित भएका छन् । वडाध्यक्ष तीन, चार दलित महिला सदस्य र १० वडा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचनमा कूल ३५ हजार ९७ जनप्रतिनिधि निर्वाचित भएका छन् ।।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : १५ बजे

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र