म्याद सकिएका नौ लाख मूल्य बराबरको खाद्य वस्तु नष्ट « Khabarhub

म्याद सकिएका नौ लाख मूल्य बराबरको खाद्य वस्तु नष्ट


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली–  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ मा रु नौ लाख मूल्य बढीका म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरेको छ । सो अवधिमा उक्त कार्यालयले दलहन, मिठाइ, पेय पदार्थ, मसला, तेल तथा घ्यू, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, मसला, चिया, कफी, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, नुन, मासु र दाना नष्ट गरेको हो ।

कार्यालयले कार्यक्षेत्रअन्तर्गत पर्ने सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, डोल्पा र हुम्लाका विभिन्न बजारबाट रु नौ लाख १० हजार चार सय ६३ मूल्य बराबरका खाद्य वस्तु नष्ट गरेको जनाएको छ । डिभिजन कार्यालयले गत आवमा एक सय ३१ पटक बजार अनुगमन गरेको थियो । कार्यालयले खाद्य वस्तुको गुणस्तर जाँच तथा अनुगमनका साथै कारबाहीका लागि प्राविधिक सहयोग गर्ने गर्दछ । उक्त अवधिमा सात उद्योगलाई कारबाही सिफारिस गरिएको थियो ।

कार्यालय प्रमुख भेषबहादुर थापाले बजारमा म्याद गुज्रेका, मिसावट गरेका र सडेगलेका सामानसमेत बिक्री गर्ने गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण ऐनबमोजिम कारबाही गरिएको जानकारी दिए ।

‘पहिलोपटक अखाद्य वस्तु नष्ट गर्ने र व्यवसायीलाई सचेत गराउने गरेका छौँ’, उनले भने, ‘ग्रामीण क्षेत्रमा म्याद गुज्रिएका र मिसावट गरिएका अखाद्य वस्तुको बिक्री बढी हुने गरेको पाइयो, अनुगमन बढाएपछि बजारमा केही सुधारका सङ्केत पनि देखिएका छन् ।’

उनका अनुसार होटल तथा रेष्टुराँको अनुगमन ५३ पटक, खाद्य उद्योगको ८० पटक र दाना उद्योगको छ पटक तथा दूध, तेल र पानी उद्योगमा २४ पटक अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ४६ खाद्य वस्तु र पाँच दाना उद्योगबाट नमूना सङ्कलन गरिएको थियो । गत आवमा होटलमा लोगो स्तरीकरण र नवीकरणसम्बन्धी कार्य पनि सम्पन्न भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : ३८ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको