चीनको ओरालो अर्थतन्त्रको मारमा छद्म बैंकिङ उद्योग | Khabarhub Khabarhub

चीनको ओरालो अर्थतन्त्रको मारमा छद्म बैंकिङ उद्योग

घरजग्गा व्यवसाय धराशयी हुँदा आर्थिक संकट चुलिने जोखिम



काठमाडौँ – चीनको ओरालोलाग्दो सम्पत्ति बजारले त्यहाँका छद्म बैंकहरुलाई निकै पिरोलेको छ । घट्दो घरजग्गा कारोबारले चीनको ३ खर्ब अमेरिकी डलर बराबरको छद्म बैंकिङ उद्योग मर्कामा परेका छन् ।

चीनमा सञ्चालित यस्ता छद्म बैंकहरुले तुलनात्मक रुपमा धेरै प्रतिफल चाहने धनाढ्यहरुको पैसा व्यवस्थापन गर्दै आएका छन् । यद्यपि पछिल्लो समय यस्तो बैंकिङ क्षेत्र अनुसन्धानको घेरामा तानिएको छ ।

गैर बैंकिङ ऋणदाता र सम्पत्ति व्यवस्थापकका रुपमा सञ्चालित यस्ता धेरै छद्म बैंकहरुले ठूलो स्तरमा त्यहाँको घरजग्गा क्षेत्रमा प्रत्यक्ष एवम् अप्रत्यक्ष लगानी गर्दै आएका छन् ।

वर्षको पहिलो छ महिनामा चीनमा घरजग्गाको बिक्रीमा ३२ प्रतिशतको गिरावट आएको छ । यस्ता छद्म बैंकिङ उद्योगले घरजग्गा निर्माणसँग सम्बन्धित क्षेत्रको ९ अर्ब अमेरिकी डलर कर्जा तिर्न असफल भएको युज ट्रस्ट नामक संस्थाको तथ्यांक उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । चीनमा घरजग्गा क्षेत्रको तीव्र विस्तरमा गैर बैंकिङ वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइन्छ ।

दशकौं यता तीव्र गतिमा घरजग्गाको मूल्य उकालो लागेका कारण यस क्षेत्रमा लगानी गर्न त्यहाँका लगानीकर्ताहरुले ठूलो परिमाणमा ऋण लिएका थिए । घरजग्गा क्षेत्र नडुब्ने विश्वासका कारण उनीहरु दोहोरो अंकमा व्याज तिर्न समेत तयार थिए ।

घर खरिद गर्न चाहनेहरुले यस्तै छद्म बैंकहरुबाट ठूलो मात्रामा कर्जा लिएर ‘डाउन पेमेन्ट’ तिर्दै आएका थिए । त्यसमाथि उनीहरुले उस्तै महङ्गो किस्ता समेत तिर्नुपर्ने अवस्था थियो ।

यसबाहेक घरजग्गा निर्माणकर्ताहरुले यस्तै छद्म बैंकहरुबाट ऋण लिएर यस क्षेत्रमा लगानी गरेका थिए । यतिमात्रै नभई घरजग्गा वा यस क्षेत्रसँग सम्बन्धित नरहेका उद्योगहरुले समेत ऋण लिनका लागि घरजग्गालाई धितो राख्ने गरेका थिए ।

यस्तो अवस्थामा चीनमा घरजग्गाको मूल्यमा गिरावट आउनुअघि नै सरकारी अधिकारीहरु यसबारे चिन्तित थिए । अधिकारीहरुले ठूलो स्तरमा प्रतिफल दिने उत्पादन ‘योग्य लगानीकर्ता’हरुलाई मात्रै बेच्ने व्यवस्था गर्ने तयारी गरेका थिए।

यसबाहेक अधिकारीहरुले भारी ऋणमा डुबेका निर्माणकर्ताहरुलाई आम कर्जा बजारबाट अलग राख्ने समेत प्रयास गरेका थिए ।

निजी कम्पनीहरुमा लगानी गर्न भूमिका खेल्ने भएपनि यस्ता बैंकहरु कुनै महत्वपूर्ण वित्तीय खेलाडी भने नभएको रायटर्सले जनाएको छ ।

बजारमा यस्तो सरकारी नीतिको केही प्रभाव पनि देखिएको थियो । सरकारी तथ्यांकअनुसार घरजग्गा क्षेत्रमा यस्तो छद्म बैंकहरुको कारोबार केबल ११ प्रतिशत देखिएको छ । सन् २०२० मा यो १४ प्रतिशत रहेको थियो ।

यद्यपि छद्म बैंकहरुले सम्पत्तिको अन्य वर्गमा पनि घरजग्गाको लगत लुकाउने गरेको बताइन्छ । काइसिन नामक स्थानीय वित्तीय अखबारले सार्वजनिक गरेको विश्लेषण गरेको यस्ता धेरै छद्म बैंकहरुको ५० प्रतिशतभन्दा धेरै घरजग्गाको क्षेत्रमा कारोबार हुने गरेको छ । निजी कम्पनीहरुमा लगानी गर्न भूमिका खेल्ने भएपनि यस्ता बैंकहरु कुनै महत्वपूर्ण वित्तीय खेलाडी भने नभएको रायटर्सले जनाएको छ ।

चीनको आर्थिक असन्तुलनमा घरजग्गा क्षेत्रको ठूलो हात रहेको विश्वास गरिन्छ । यस्तो अवस्थामा राष्ट्रपति सी जिन्पिङले ‘साझा समृद्धि’ को अवधारणा अघि सारेका छन् । थोरै धनाढ्यहरुले केही पैसा गुमाउँदा पनि उनी विचलित नहुने देखिन्छ । यस्तो अवस्थामा चीनको घरजग्गा क्षेत्र कता जान्छ त्यो भने समयले बताउनेछ ।

(स्रोत : रोयटर्स)

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : १५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर