यसकारण हुन्छ गर्भवतीमा पिसाबको इन्फेक्सन | Khabarhub Khabarhub

यसकारण हुन्छ गर्भवतीमा पिसाबको इन्फेक्सन



मृर्गौलाबाट पिसाब थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुका कारण हुने संक्रमण नै पिसाबको संक्रमण हो। यस्तो संक्रमण यौन अंगको सरसफाइ नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुने गर्छ। मिर्गौला हुँदै पिसाबको थैली, पिसाबको नली वा पिसाब आउने बाटोमा कहीँ पनि समस्या भयो वा अवरोध भयो भने पनि पिसाब जमेर संक्रमण हुन सक्ने चिकित्सक बताउँछन्।

त्यसमध्ये ७५ प्रतिशत महिलालाई कुनै न कुनै समयमा पिसाबको संक्रमण हुने गर्छ। पिसाब संक्रमण सबै उमेर समूहका मानिसलाई हुनसक्छ। कुनै बच्चालाई आमाकै गर्भमा रहँदा शरीरको बनोट बिग्रेर आएको छ भने पनि यस्तो समस्या देखा पर्छ। पुरुषलाई भन्दा महिलालाई पिसाबको संक्रमण बढी हुने कारण भनेको महिलाको पिसाब नली सानो हुन्छ भने पुरुषको नली लामो हुने भएकाले पुरुषलाई संक्रमण कम हुन्छ। लामो समय पिसाब रोक्दा, सरसफाइमा ध्यान नदिँदा मुत्र नलीमा असर पुग्न सक्छ। खासगरी महिलाहरु पिसाब सम्बन्धी समस्याले बढी सताउने गरेको पाइन्छ। यसै सन्दर्भ वरिपरि रहेर विराट मेडिकल कलेजमा कार्यरत युरोगाइनोकोलोजिस्ट डा. तरुण प्रधानसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

महिलामा पिसाबको इन्फेक्सन हुने समस्या धेरै बढेको छ, त्यसलाई कसरी बुझ्ने ?
पिसाबमा इन्फेक्सन भएको भन्नाले पिसाब फेर्ने जुन अङ्गहरू हुन्छ, त्यसमा बाहिर निस्किने नलीमा (युरेसा) मा समस्या हुनु भन्ने बुझिन्छ। पिसाब जम्मा हुने भागलाई युरीनरी प्याटर भनिन्छ। किड्नीतिर जाने पाइपलाई युरेट्रो भनिन्छ।

अनि किड्नी यी ४ वटा अंगहरु मिलेर पिसाब बन्ने र फेरिने हुन्छ। त्यसैले पिसाबको इन्फेक्सन यी विभिन्न अङ्गहरूमा छुट्टाछुटै हुन्छ र लक्षण पनि भिन्नै हुन्छ। तर, साधारण कुनै महिलामा समस्या छ भने त्यो महिलाले छिटो छिटो पिसाब फेर्न जानुपर्ने लक्षणहरू हुन्छ। पिसाब फेर्दा पोलेर पिसाब निस्किने, थोरै मात्रामा तर धमिलो पिसाब निस्किने, गन्हाउने पिसाब आउने तथा कुनै कुनै बेला रगत पनि निस्कने हुन्छ। र कतिपयलाई साथै पेट देख्ने र ज्वरो पनि आउने हुन्छ।

सबै महिलामा एउटै सङ्क्रमण हुन्छ कि फरक हुन्छ ?
महिलामा पुरुषको तुलनामा बढी संक्रमण हुने गर्छ। किनकि, महिलाको पिसाब नली सानो र छोटो हुन्छ। त्यसैले किटाणुहरु सहजै छिर्न सक्ने भएकाले इन्फेक्सनको समस्या पनि धेरै हुन्छ। त्यसैले महिलाले शारीरिक स्वास्थ्यमा पनि धेरै ख्याल गर्नुपर्छ। इन्फेक्सनको जाँच गर्दा दिशामा पाइने किटाणुले पिसाबमा समेत इन्फेक्सन देखिएको पनि पाइन्छ। महिलाले शारीरिक रुपमा पनि बढी ख्याल गर्नुपर्छ।

अझ गर्भवती महिलामा पिसाबको इन्फेक्सन झन् धेरै हुन्छ। किनभने उनीहरुसँग रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। आइरनको कमी, डाइबेटिज, कमजोर महिला र उमेर धेरै भएका महिला पनि यस्तो समस्या धेरै देखिन्छ।

अविवाहितमा भन्दा विवाहितमा यो समस्या धेरै हुने हो ?
विवाहितमा अलि केही बढी यो समस्या हुन्छ। किनभने शारीरिक सम्पर्कले पनि इन्फेक्सन हुने सम्भावना बढाउँछ। जति धेरै शारीरिक सम्पर्क भयो, त्यति नै भित्री वातावरणलाई परिवर्तन गरिदिन्छ र पुरुषमा पनि कुनै खालको इन्फेक्सन छ भने सर्न सक्छ।
गर्भधारण नहोस् भनेर योनीमा राखिने डिभाइसहरुले पनि इन्फेक्सन गराएको पाइन्छ। गर्भावस्थामा हर्मोनहरु आउने बाटो खुम्चिएको हुन्छ। त्यसले पनि इन्फेक्सन गराउँछ। पिसाब राम्रोसँग खुलेर निस्किँदैन भने पाठेघर ठूलो हुन्छ र त्यसले पिसाबको नलीहरू थिचेर राखेको हुन्छ। जसले गर्दा पिसाब जमेर बसेको हुन्छ। त्यसले यो समस्या विवाहित महिलामा बढी देखिने गरेको हो।

यो महिलामा भएको इन्फेक्सन एकबाट अर्को व्यक्तिमा सर्ने हुन्छ कि हुँदैन ?
यो सर्ने सम्भावना हुँदैन। आफ्नै शरीरमा हुने हो। पानी कम खाँदा र कमजोर महिलामा यस्तो समस्या देखिन्छ।

कस्तो उमेर समूहमा यो समस्या धेरै भएको छ ?
उमेर धेरै भएका महिलाहरूमा यो बढी हुन्छ। किनकि महिलाहरुमा युवा अवस्थामा जस्तो सरसफाइ पनि हुँदैन, महिनावारी रोकिएको हुन्छ। हर्मोनहरुको कमीका कारणले योनी पिसाब थैली वरिपरिको रगत नलीहरू सबै घटेर उनीहरूमा धेरै नै यो समस्या हुन सक्ने सम्भावना हुन्छ।

यस्तो समस्या देखियो भने कसरी जोगिने ?
यस्तो लक्षण देखा पर्‍यो भने नजिकको अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनुपर्छ। जाँच गर्दा पिसाबमा कीरा, पिप या रगत देखियो भने औषधि दिने गरिन्छ। पिसाब पोलेको समस्या भए त्यही अनुसारको औषधि दिने या अवस्था हेरेर त्यही अनुसारको औषधि खान सल्लाह दिइन्छ।

इन्फेक्सन भइहाले पनि प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ। यसो गर्दा बढी पिसाब लाग्छ र पिसाबसँगै किटाणुहरु पनि बाहिर निस्किन्छन्। अरु सामान्य रहेको अवस्था तर पिसाबको नली र थैलीमा मात्र समस्या देखियो भने सामान्य औषधि सेवन गर्दा पनि हुन्छ। यदि किड्नीमै धेरै ज्वरोहरू आएको छ, ढाड धेरै दुखेको छ भने अस्पतालमा भर्ना भएर नै उपचार गर्नु पर्दछ।

समयमै उपचार भएन भने के हुन्छ ?
इन्फेक्सन भनेको पछिको भन्दा पनि अहिलेको नै समस्या हो। अर्को कुरा त यस्तो अवस्थामा ज्यान जोखिममा पनि हुन्छ। इन्फेक्सन तल्लो भागको नली र थैलीमा मात्र सीमित भयो र त्यो कुनै बेला आफै पनि ठीक भयो र पछि दोहोरियो भने भित्र घाउ भएर पेट दुख्ने पिसाब पोल्ने समस्या हुनसक्छ।

यो समस्याबाट कसरी बच्न सकिन्छ ?
पानी प्रशस्त मात्रामा पिउने, जसले गर्दा पिसाब धेरै बग्छ र किटाणु बग्छ। महिलाहरूले पिसाब गरेपछि शारीरिक रुपमा स्वस्थ रहने गर्नुपर्छ। विवाहित महिलाले शारीरिक सम्पर्कपछि पिसाब गरिहाल्ने गर्नुपर्छ। यस्तै परिवार नियोजनका साधन पनि विचार पुर्‍याएर मात्र प्रयोग गर्नुपर्छ।

आफू स्वस्थ हुनु सबैको दायित्व हो। केही भइहाल्यो भने अस्पताल जान्छु भन्नुभन्दा पनि जानुभन्दा अगाडि के के गर्नु राम्रो हुन्छ भनेर थाहा पाउनुपर्छ। प्रस्तुतिः पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ७ : १३ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का