चाडपर्व लक्षित बजार अनुगमन असोजदेखि « Khabarhub

चाडपर्व लक्षित बजार अनुगमन असोजदेखि


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ ।

हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकोमा असोज पहिलो साताबाट थप जनशक्तिसहित अनुगमन गर्ने भएको हो ।

विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति व्यवस्थापनका बारेमा गृहकार्य भइरहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य विभागलाई नियमित चाडपर्व लक्षित बजार अनुगमनका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । सो रकम निकासाका लागि विभागले मन्त्रालयलाई ताकेता गरेको छ ।

अघिल्लो वर्ष पनि असोज पहिलो साताबाट सुरु भएको बजार अनुगमन गर्दा झन्डै ५ सय भन्दा बढी व्यवसायी फर्मबाट ३५ लाख रुपैयाँ जरिवाना असुल गरेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ८ : २९ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर