चितवनमा थपिए ५८ हजार मतदाता « Khabarhub

चितवनमा थपिए ५८ हजार मतदाता


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक (दाबी विरोध)का लागि एक साताको समय छुट्याएको छ । कार्यालयका अनुसार यही भदौ १३ गतेदेखि १८ गतेसम्म अद्यावधिक गरिने छ ।

कार्यालयका प्रमुख भीमसेन कार्कीले भदौ १२ गतेसम्म सम्पूर्ण वडामा नामावली पुगी सक्ने छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नामावली अद्यावधिक गर्न लागिएको हो । १३ गतेदेखि १५ गतेसम्म मतदाता नमावलीमा रहेको त्रुटि सच्याउने, झुटा विवरण दिई नामावलीमा नाम दर्ता गराएको भए उजुरी दिने, मतदाताको नाम एकभन्दा बढी जिल्लामा भएको भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिने रहेका छन् ।

यस्तै १३ गतेदेखि १६ गतेसम्म नागरिकता त्याग गरेका वा मृत्यु भएका मतदाताको नामावली हटाउनको लागि सूचना दिने, बसाई सरी अन्यत्र गएको, मृत्यु भएको, नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको विवरण स्थानीय पञ्जीकाधिकारीबाट प्राप्त गर्न, १३ देखि १७ गतेसम्म उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइको मौका दिने, नागरिकता त्याग गरेका, रद्द भएका, बसाई सरी अन्यत्र गएका र मृत्यु भएका मतदाताको नामावली हटाउने निर्णय गर्ने छ ।

यस्तै १६ र १७ गते हटाउने निर्णय भएका नामावली हटाउने, १७ र १८ गते उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइका लागि आएका मतदाताको नाम हटाउने वा राख्ने निर्णय गर्ने, त्रुटि सच्याउने र नाम हटाइएको सूचना कार्यालयमा प्रकाशन गर्ने रहेको छ ।

जिल्लामा हाल चार लाख १२ हजार एक सय ६५ मतदाता रहेका छन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए । सो निर्वाचनमा भन्दा ५८ हजार एक सय २९ मतदाता थपिएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ११ : ३२ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स