वातावरण सम्मेलन आयोजना गरिने « Khabarhub

वातावरण सम्मेलन आयोजना गरिने


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वातावरण संरक्षणको मुद्दामा सरोकारवालाबीच साझा धारणाका साथ नीतिगत स्पष्टता ल्याउने उद्देश्यले बाग्मती प्रदेश सरकारले  ‘प्रदेशस्तरीय वातावरण सम्मेलन’ गर्ने भएको छ । सम्मेलनको पूर्वतयारीका क्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले आज सरोकारवालासँग छलफल गरेका छन् । 

राजधानी काठमाडौँमा आयोजना गरिएको उक्त छलफलमा सरोकारवालाले सम्मेलनका नाममा सम्मेलन गर्नेभन्दा पनि वातावरण संरक्षणमा हस्तक्षेप गर्ने नीति निर्माणमा ध्यान दिनुपर्ने बताए । सहभागीले वातावरण संरक्षणमा चुनौती देखिएको फोहरमैला व्यवस्थापन, जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विविधता तथा वातावरण संरक्षणमा नवीन प्रविधिको अन्वेषण र प्रयोगका विषयमा गहन ढङ्गको छलफल हुनुपर्नेमा जोड दिए । 

जलवायु परितर्वनको असर तीव्र गतिमा बढिरहेको भन्दै उनीहरूले यसको असरबाट जोगिने उपायका बारेमा सचेत गराउँदै समुदायस्तरमा अनुकूलनका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका थिए । वातावरण संरक्षणका निम्ति बनाइएको कानून, नियम, नीति, साझेदार संस्था तथा अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त प्रतिबद्धताका आधारमा सम्मेलनमार्फत स्पष्ट नीति बनाइनुपर्ने उनीहरूको भनाइ थियो ।

बागमती प्रदेशलाई वातावरण संरक्षणको क्षेत्रमा अग्रसरताका साथ काम गर्न अवसरका साथै चुनौती पनि रहेको जनाउँदै उनीहरूले सम्मेलनको निष्कर्षले अन्तरराष्ट्रिय समुदायलाई पनि घच्घच्याउनुपर्ने बताए । वातावरण संरक्षणको मुद्दामा सङ्घ र स्थानीय सरकारका साथै निजी क्षेत्र तथा सरोकारवालालाई एकताबद्ध बनाएर लैजानुपर्ने तथा नीतिगत सुधारका बारेमा सम्मेलनले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो । 

आजको छलफलले सम्मेलन आयोजनाका लागि बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय मातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रमुख जीवनाथ पौडेलको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समितिसमेत गठन गरेको छ । 

सम्मेलनबाट साझा तय गर्छौँ : मन्त्री खड्का

मन्त्री खड्काले सम्मेलनबाट वातावरणका संरक्षणको मुद्दामा सरोकारवालाको साझा तय गर्ने बताए । जलवायु परिवर्तन तथा वातावरण संरक्षणको मुद्दामा दलहरूबीच सामान धारणा नपाइएको जनाउँदै उनले सम्मेलनले सबैलाई एक ठाउँमा ल्याउने र सो विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

विश्वव्यापीरूपमा वातावरण संरक्षणको क्षेत्रमा नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरणका बारेमा अन्तरराष्ट्रियस्तरमा ‘लबिङ’ गर्नुपर्ने बताए । ‘वातावरण संरक्षणमा नेपालको महत्वपूर्ण भूमिका छ, वातावरणको मुद्दामा नेपालले अगुवाइ गर्नुपर्ने दृष्टिकोणका साथ सम्मेलनको आयोजना गरिएको हो’, उनले भने । 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ५ : २८ बजे

‘मेक्सिको दबाबसँग इङ्गल्यान्ड डराउँदैन’

काठमाडौँ – इङ्गल्यान्डका पूर्वकप्तान एलन शियररले विश्वकपको अन्तिम १६ मा

इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित

काठमाडौँ – जेकब बेथेलको उत्कृष्ट ब्याटिङ र साम करनको घातक

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका