जिल्ला समन्वय समितिद्वारा म्याङलुङ जिरी सडक खण्डको अनुगमन « Khabarhub

जिल्ला समन्वय समितिद्वारा म्याङलुङ जिरी सडक खण्डको अनुगमन


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– जिल्ला समन्वय समिति तेह्रथुमले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत जिरी बगाले म्याङलुङ सडक खण्डको अनुगमन गरेको छ । समन्वय समिति तेह्रथुमका उपप्रमुख श्री कार्की र प्राविधिक टोलीले सडक अनुगमन गरेको हो । लोकमार्ग अन्तरगत म्याङलुङ वसन्तपुर २६ किलोमिटर तिन प्याकेज बनाएर सडकलाई कालोपत्रेको काम गरिएको थियो । 

पहिलो र दोस्रो खण्ड निर्माण सम्पन्न भइसक्दा पनि अमर मा जानकी जेबीले पाएको तेस्रो खण्डमा कालोपत्रेको काम ढिलाइ गरेपछि समितिले अनुगमन गरेको जनाएको छ । निर्माण व्यवसायीले सडक निर्माणमा भइरहेको ढिलाइ तथा निर्माण कार्यमा भएको गुणस्तरमा अनुगमनलाई ध्यान दिएको समितिका उपप्रमुख कार्कीले बताए । 

जिल्ला सदरमुकाम म्याङलुङ जोड्ने एक मात्र सडकमा निर्माण भइरहेको सडकमा कामको ढिलाइ हुँदा यहाँका स्थानीयलाई यात्रा गर्न समस्या भोग्दै आएका छन् । २०७८ साल जेठ सम्ममा कालोपत्रे गरी सक्ने  सम्झौता गरेको निर्माण व्यवसायीले १४ महिना बितिसक्दा पनि सम्पन्न गर्न सकेको छैन । 

नेपाल सरकार अर्थ मन्त्रालयबाट २ अर्ब ७ करोड रकम विनियोजन भएसँगै दुई लेनको सडक निर्माण कार्य भई रहेको छ । निर्माण व्यवसायीले कोरोना तथा कामदार अभावका कारण समय मै काम सम्पन्न गर्न नसकेको जनाएको छ । यो सडक खण्डमा निर्माण कार्यले गति लिन नसक्दा वर्षात्सँगै कष्टकर यात्रा गर्न बाध्य बन्दै आएका छन् । 

जिल्ला समन्वय समिति तेह्रथुमले जिल्लाको मुख्य आयोजनाहरूका साथै स्थानीय प्रदेश र सङ्घबाट सञ्चालन भएका योजनाहरूको अनुगमन सुरु गरेको छ । म्याङलुङ नगरपालिका, लालीगुराँस नगरपालिका, छथर गाउँपालिकामा सञ्चालन भएका योजनाहरू अनुगमन सुरु गरेको समितिले मेन्छ्यायेमआठराई, फेदाप गाउँपालिकामा अनुगमन गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ७ : २३ बजे

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा– ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली– कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी

विभिन्न घटकलाई एकीकृत गर्दै साहको अध्यक्षतामा कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन 

काठमाडौं– कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

सावाखोलामा पक्की पुल निर्माण

खोटाङ– सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँको लागतमा मोटरकारलगायत