जिल्ला समन्वय समितिद्वारा म्याङलुङ जिरी सडक खण्डको अनुगमन | Khabarhub Khabarhub

जिल्ला समन्वय समितिद्वारा म्याङलुङ जिरी सडक खण्डको अनुगमन


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– जिल्ला समन्वय समिति तेह्रथुमले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत जिरी बगाले म्याङलुङ सडक खण्डको अनुगमन गरेको छ । समन्वय समिति तेह्रथुमका उपप्रमुख श्री कार्की र प्राविधिक टोलीले सडक अनुगमन गरेको हो । लोकमार्ग अन्तरगत म्याङलुङ वसन्तपुर २६ किलोमिटर तिन प्याकेज बनाएर सडकलाई कालोपत्रेको काम गरिएको थियो । 

पहिलो र दोस्रो खण्ड निर्माण सम्पन्न भइसक्दा पनि अमर मा जानकी जेबीले पाएको तेस्रो खण्डमा कालोपत्रेको काम ढिलाइ गरेपछि समितिले अनुगमन गरेको जनाएको छ । निर्माण व्यवसायीले सडक निर्माणमा भइरहेको ढिलाइ तथा निर्माण कार्यमा भएको गुणस्तरमा अनुगमनलाई ध्यान दिएको समितिका उपप्रमुख कार्कीले बताए । 

जिल्ला सदरमुकाम म्याङलुङ जोड्ने एक मात्र सडकमा निर्माण भइरहेको सडकमा कामको ढिलाइ हुँदा यहाँका स्थानीयलाई यात्रा गर्न समस्या भोग्दै आएका छन् । २०७८ साल जेठ सम्ममा कालोपत्रे गरी सक्ने  सम्झौता गरेको निर्माण व्यवसायीले १४ महिना बितिसक्दा पनि सम्पन्न गर्न सकेको छैन । 

नेपाल सरकार अर्थ मन्त्रालयबाट २ अर्ब ७ करोड रकम विनियोजन भएसँगै दुई लेनको सडक निर्माण कार्य भई रहेको छ । निर्माण व्यवसायीले कोरोना तथा कामदार अभावका कारण समय मै काम सम्पन्न गर्न नसकेको जनाएको छ । यो सडक खण्डमा निर्माण कार्यले गति लिन नसक्दा वर्षात्सँगै कष्टकर यात्रा गर्न बाध्य बन्दै आएका छन् । 

जिल्ला समन्वय समिति तेह्रथुमले जिल्लाको मुख्य आयोजनाहरूका साथै स्थानीय प्रदेश र सङ्घबाट सञ्चालन भएका योजनाहरूको अनुगमन सुरु गरेको छ । म्याङलुङ नगरपालिका, लालीगुराँस नगरपालिका, छथर गाउँपालिकामा सञ्चालन भएका योजनाहरू अनुगमन सुरु गरेको समितिले मेन्छ्यायेमआठराई, फेदाप गाउँपालिकामा अनुगमन गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ७ : २३ बजे

उत्तरप्रदेशमा ‘भोलेबाबा’को प्रवचनमा भागदौड हुँदा मर्नेको संख्या १३४ पुग्यो

एजेन्सी- भारतको उत्तर प्रदेशस्थित हाथरसमा मंगलबार भएको भागदौडका क्रममा मर्नेको

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

एजेन्सी– विश्व स्वास्थ्य संग्ठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास

प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– राष्ट्रियसभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र गरिँदै

गलेश्वर– हिमाली जिल्ला म्याग्दीमा सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका

सोह्रखुट्टेमा सडक भासियो

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । बुधबार बिहान करिब