बेलायती सांसदद्वारा चिनियाँ सीसीटीभी निर्माता कम्पनीलाई कालोसूचीमा राख्न माग « Khabarhub

बेलायती सांसदद्वारा चिनियाँ सीसीटीभी निर्माता कम्पनीलाई कालोसूचीमा राख्न माग


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती सांसदहरुले चिनियाँ सीसीटीभी निर्माता कम्पनी हाइकभिजनलाई कालोसूचीमा राख्न माग गरेका छन् ।

मानवअधिकार उल्लङ्घनका घटनामा यस कम्पनीको नाम जोडिएसँगै बेलायती सांसदहरुले कालोसूचीमा राख्न माग गरेका हुन् ।

एसियन लाइट इन्टरनेशनल समाचार संस्थाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको आशिंक नियन्त्रणमा रहेको विश्वास गरिने यस कम्पनीलाई कालोसूचीमा राख्न बिग ब्रदर वाच नामक गैर सरकारी संस्थाले आह्वान गरेको थियो ।

सुरक्षा चुनौति एवम् सिन्जियाङ क्षेत्रमा स्थापित ‘पुनर्शिक्षा शिविर’ मा समेत यस कम्पनीको सीसीटीभी प्रयोग हुँदै आएका कारण कम्पनीलाई कालोसूचीमा राख्न माग गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

अधिकारवादीहरुले यस कम्पनीका उत्पादनलाई बेलायतमा मात्रै नभई अन्य मुलुकहरुमा पनि प्रतिबन्ध लगाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : १२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्