बेलायती सांसदद्वारा चिनियाँ सीसीटीभी निर्माता कम्पनीलाई कालोसूचीमा राख्न माग « Khabarhub

बेलायती सांसदद्वारा चिनियाँ सीसीटीभी निर्माता कम्पनीलाई कालोसूचीमा राख्न माग


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती सांसदहरुले चिनियाँ सीसीटीभी निर्माता कम्पनी हाइकभिजनलाई कालोसूचीमा राख्न माग गरेका छन् ।

मानवअधिकार उल्लङ्घनका घटनामा यस कम्पनीको नाम जोडिएसँगै बेलायती सांसदहरुले कालोसूचीमा राख्न माग गरेका हुन् ।

एसियन लाइट इन्टरनेशनल समाचार संस्थाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको आशिंक नियन्त्रणमा रहेको विश्वास गरिने यस कम्पनीलाई कालोसूचीमा राख्न बिग ब्रदर वाच नामक गैर सरकारी संस्थाले आह्वान गरेको थियो ।

सुरक्षा चुनौति एवम् सिन्जियाङ क्षेत्रमा स्थापित ‘पुनर्शिक्षा शिविर’ मा समेत यस कम्पनीको सीसीटीभी प्रयोग हुँदै आएका कारण कम्पनीलाई कालोसूचीमा राख्न माग गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

अधिकारवादीहरुले यस कम्पनीका उत्पादनलाई बेलायतमा मात्रै नभई अन्य मुलुकहरुमा पनि प्रतिबन्ध लगाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : १२ बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा