ठूलो परिमाणमा गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ « Khabarhub

ठूलो परिमाणमा गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुर प्रहरीले तीन सय ४० किलोभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार विषेश सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कैलाश गाउँपालिकाको नामटारबाट हेटौँडा आउँदै गरेको ना ७ ख ३९८७ नं को आइचर ट्रकमा दुईसय ५६ किलो र ना ८ ख २७१८ नं को अर्को आइचर ट्रकमा ७५ किलो गाँजा बरामद गरेको जानकारी दिएको छ ।

प्रहरीले २५६ किलो गाँजा फेला परेका ट्रकका चालक भीमफेदी–९ महाभिरका ३५ वर्षीय प्रकाश लामालाई ट्रकसहित नियन्त्रणमा लिएको र अर्का ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख २२०८ नंको बस चेकजाँच गर्दा रौतहट २७ वर्षीय लखिन्द्र बैठाको साथबाट साढे नौ किलो गाँजा बरामद भएको जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : ५१ बजे

विभागको आग्रह : साना नदीहरूमा बहाव बढ्न सक्छ, सतर्कता अपनाउनू

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले देशका स-साना नदीहरूको बहाव

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी

९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन