विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित « Khabarhub

विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाजुरामा विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको छ । बुढीनन्दा नगरपालिका वडा न ३ को सिराडीमा रहेको श्री पञ्चलक्ष्मी आधारभुत विद्यालयमा गणित नेपाली र विज्ञान विषय पढाउने शिक्षक नभएको पाइएको हो । कक्षा १ देखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अलग अलग विषय पढाउने शिक्षक नहुँदा पढाइमा बाधा पुगेको विद्यार्थीहरूको गुनासो छ ।

विद्यार्थीले पाउनु पर्ने शिक्षा नपाएको अनि गणित विज्ञान त अहिले सम्म पाना पनि नहेरको हुँदा परीक्षामा कसरी पास हुने भन्ने चिन्ता विद्यार्थीलाई छ । कक्षा ८ अन्तिम परीक्षा दिएर अर्को विद्यालयमा जानु पर्छ, ‘अहिले सम्म हामीले विषय शिक्षक कस्तो हुन्छ देख्न समेत पाएका छैनौँ, अर्को विद्यालय कसरी जाने चिन्ता मात्र लाग्न थालेको श्री पञ्चलक्ष्मी आधारभुत विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा मनरुपा बोहराले भनिन्’

सोही विद्यालयमा आधारभुत अध्ययनरत छात्र खेम राज बिक गुनासो गर्दै भन्छन, ‘हाम्रो बेस बनाउने यो समयमा हाम्रो भविष्य माथिनै खेलवाड गरिँदै छ, यस विषयमा नत विद्यालय प्रशासनको चासो छ, नत विद्यालय व्यवस्थापन समितीको’

पढाई प्रभावित भएको सबै पक्षलाई अवगत हुँदा हुँदै कसैले पनि विषय शिक्षक राख्नु पर्ने चासो नदेखाएको विद्यालय प्रशासनको दाबी छ ।  विषय शिक्षकको अभावले विद्यार्थीको पढाई प्रभावित हुन पुगेको उक्त विद्यालयका प्रधानाध्यापक मदनराज पाध्यायले स्वीकारेका छन । 

अब तत्काल सबै पक्षलाई खबर गरेर यस समस्याको समाधानका लागी पहल गर्ने विद्यालय प्रशासनले जनाएको छ । 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १ : ५८ बजे

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको

एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

मोरङ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी

काठमाडौंभित्रै एक रातको अन्तरमा दुईजना मिलेर गरे दुई युवकको हत्या

काठमाडौं- नेपाल प्रहरीले ललितपुरमा एक रातको बीचमा भएका दुई छुट्टाछुट्टै

फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक

काठमाडौं – यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को