विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित « Khabarhub

विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाजुरामा विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको छ । बुढीनन्दा नगरपालिका वडा न ३ को सिराडीमा रहेको श्री पञ्चलक्ष्मी आधारभुत विद्यालयमा गणित नेपाली र विज्ञान विषय पढाउने शिक्षक नभएको पाइएको हो । कक्षा १ देखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अलग अलग विषय पढाउने शिक्षक नहुँदा पढाइमा बाधा पुगेको विद्यार्थीहरूको गुनासो छ ।

विद्यार्थीले पाउनु पर्ने शिक्षा नपाएको अनि गणित विज्ञान त अहिले सम्म पाना पनि नहेरको हुँदा परीक्षामा कसरी पास हुने भन्ने चिन्ता विद्यार्थीलाई छ । कक्षा ८ अन्तिम परीक्षा दिएर अर्को विद्यालयमा जानु पर्छ, ‘अहिले सम्म हामीले विषय शिक्षक कस्तो हुन्छ देख्न समेत पाएका छैनौँ, अर्को विद्यालय कसरी जाने चिन्ता मात्र लाग्न थालेको श्री पञ्चलक्ष्मी आधारभुत विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा मनरुपा बोहराले भनिन्’

सोही विद्यालयमा आधारभुत अध्ययनरत छात्र खेम राज बिक गुनासो गर्दै भन्छन, ‘हाम्रो बेस बनाउने यो समयमा हाम्रो भविष्य माथिनै खेलवाड गरिँदै छ, यस विषयमा नत विद्यालय प्रशासनको चासो छ, नत विद्यालय व्यवस्थापन समितीको’

पढाई प्रभावित भएको सबै पक्षलाई अवगत हुँदा हुँदै कसैले पनि विषय शिक्षक राख्नु पर्ने चासो नदेखाएको विद्यालय प्रशासनको दाबी छ ।  विषय शिक्षकको अभावले विद्यार्थीको पढाई प्रभावित हुन पुगेको उक्त विद्यालयका प्रधानाध्यापक मदनराज पाध्यायले स्वीकारेका छन । 

अब तत्काल सबै पक्षलाई खबर गरेर यस समस्याको समाधानका लागी पहल गर्ने विद्यालय प्रशासनले जनाएको छ । 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १ : ५८ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार