६ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध « Khabarhub

६ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दसैँ नजिकिँदै गर्दा हाल देशभरका महत्पूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुञ्चे–स्याफ्रुबँेसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, कर्णाली राजमार्ग र सुर्खेत तल्लो डुङ्गेश्वर–दुल्लु र पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक अवरुद्ध भएका छन् ।

वर्षाका कारण आएको बाढी पहिरोले गर्दा अवरुद्ध २२ सडक एकातर्फी खुलाएर आंशिकरुपमा सवारीसाधन सञ्चालनमा रहेका छन् । साँफेबगर–मार्तडी–कोल्टी सडक बाजुराको अम्कोट–बल्दे खण्डमा अवरुद्ध रहेको छ । अवरुद्ध रहेको स्थानमा लोडर र स्काभेटरको प्रयोग गरेर खुलाउने प्रयास भइरहेको र सँगसँगै वैकल्पिक सडकका लागि स्थानीयवासीसँग छलफल भइरहेको डिभिजन सडक कार्यालय साँफेबगरले जनाएको छ ।

यता बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेशी सडक रसुवाको बनुवामा अवरुद्ध रहेको छ । सो सडक खुलाउन प्रयास भइरहेको छ भने वैकल्पिक सडक माध्यम सवारीसाधनका लागि खुलाइएको छ । कर्णाली राजमार्गको हर्रे, सेतो भिर, दरबारे, पदुका, रामघाट, किट्टुलगायतका स्थानमा सडक अवरुद्ध रहेको छ । सिद्धार्थ राजमार्ग पाल्पाको हिउँदे खोलामा अवरुद्ध रहेकामा सडक सुचारु गर्न प्रयास भइरहेको छ ।

जुम्लाको श्रीढुस्कामा सडक अवरुद्ध रहेकामा स्काइभेटरको प्रयोग गरी खुलाउने प्रयास जारी रहेको छ । हाल कोसी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे–बेशीशहर–चामे, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, अरनिको राजमार्ग, भेरी करिडोरका विभिन्न स्थानमा एकातर्फबाट मात्रै चालु रहेको छ ।

यस वर्ष नै वर्षाका कारण अवरुद्ध सडकमध्ये हाल एक सय ४५ सडक पूर्णरुपमा सञ्चालनमा आइसकेको विभागले जनाएको छ । विगत केही वर्षयता वर्षाका कारण धेरै सडकमा क्षति पुगिरहेको छ । गत वर्ष वर्षामा मात्रै होइन कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो । यस वर्ष पनि देशभरका सडकका चाप बढी रहेका सडक खण्डसमेत पटकपटक अवरुद्ध भइरहेका छन् ।

अवरुद्ध सडक तत्काल खुलाउनका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ । विभागले डिभिजन सडक कार्यालयलाई वर्षा आउनु पहिलेदेखि नै उपकरणसहित तयारी अवस्थामा राख्ने गरेको जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  २ : ५९ बजे

अष्टलक्ष्मी र सुरेन्द्रको प्रस्ताव : ७० वर्षे र दुई कार्यकाल लागू गरौँ, ओलीसहित हामी सबै विद्ध हौँ

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशन अगाडि बसेको केन्द्रीय कमिटी बैठकमा

एमालेको ११औँ महाधिवेशन : अष्टलक्ष्मी शाक्यको फरक मत, विधान संशोधनको कडा विरोध

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ

याङ्गो राइडद्वारा आफ्नो एपभित्र नयाँ सुरक्षा सुविधा सार्वजनिक

काठमाडौं– विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा नयाँ सुरक्षा

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

बाँके– जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा

निर्माणाधीन ‘फिल्म सिटी’ डाङ्गडुङ्गेडाँडाबाट देखिने हिमशृङ्खला (तस्बिरहरू)

काठमाडौं– अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी) क्षेत्रको रूपमामा विकास हुँदै