लोप हुँदै चिउरी पेल्ने कोल « Khabarhub

लोप हुँदै चिउरी पेल्ने कोल


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङको घोराही उपमहानगरपालिका-१३ मौलाकोटका कृष्णबहादुर घर्तीमगरको कुनैबेला प्रमुख आम्दानीको स्रोत चिउरीको तेल पेल्ने थियो । जङ्गलमा फलेका चिउरीका फल संकलन गर्ने र त्यही फललाई पेलेर घ्यु निकालेर बेच्ने काम उनको परिवारको प्रमुख पेशा थियो । त्यही घ्यु बिक्री गरेर आएको पैसाले घर व्यवहार चलाउने गर्थे । 

पछिल्लो समय गाउँमै बजारबाट तेल र घ्यु पाउने भएपछि चिउरी बाट निकालेको घ्यु पाइन छाडेको छ । परम्परागतरुपमा पेलेर तेल निकाल्दा दुःख धेरै हुने र दुःखअनुसारको आम्दानी नहुने भएपछि काम छोड्दै गएको बताउँछन् । उनका अनुसार करिब १० वर्षअघिसम्म मौलाकोटवासीका लागि चिउरीको घ्यु पेल्ने काम प्रमुख आम्दानीको स्रोत थियो तर अहिले अधिकांशले छोडिसकेका छन् । 

मौलाकोटमा उत्पादन भएको चिउरीको घ्यु घोराही, तुलसीपुरलगायतका सहरमा बिक्री गरेर आएको पैसाले चाडपर्व मान्नेदेखि छोराछोरीलाई लत्ताकपडा किन्ने गरेको अनुभव सुनाउँछन् । जङ्गलमा फल्ने फल ल्याउन पैसा नलाग्ने भए पनि मेहनत धेरै लाग्ने भएका कारण पछिल्लो समय अधिकांश मानिसले चिउरीको फलबाट घ्यु निकाल्ने पेसा छोड्दै गएको मौलाकोटकै वीरबहादुर घर्तीमगरले बताए । स्वास्थ्यका लागि फाइदाजनक र उत्पादन भएको घ्यु बिक्रीमा समस्या नभए पनि चिउरी पेल्न वैकल्पिक माध्यम नहुँदा नयाँपुस्ताले ध्यान नदिएको उनी बताउँछन् । 

स्थानीयका अनुसार चिउरी चैतको अन्तिमतिर फूल खेल्न थाल्छ । चैत महिनामा फुलेर असारदेखि साउन महिनासम्म चिउरी पाक्ने गर्दछ । त्यसरी पाकेर खसेको फल टिप्ने, सफासँग धुने र सुकाउने गरिन्छ । चिउरीको दाना पेल्नका लागि तयार गर्न फललाई धुलो बनाउन ढिकीमा कुट्ने र नरम बनाउनका लागि आगोमा पकाउने गरिन्छ । आगोमा पकाएर नरम बनाएपछि त्यसलाई काठको कोलमा हालेर पेलेर घ्यु निकाल्ने गरिँदै आएको वीरबहादुर बताउँछन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ३ : १७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका