पर्यटकको पर्खाइमा गिडिदह « Khabarhub

पर्यटकको पर्खाइमा गिडिदह


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला– आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह पर्यटकको पर्खाइमा रहेको छ । सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न नसकेको गुनासो गरिएको छ । गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ ।

गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवर्द्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, स्थानीयवासी तथा पत्रकारको टोली पुगेर फर्केको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले जानकारी दिए ।

गाउँपालिकाबाट चार दिन लगाएर उक्त दह पुगेको अध्यक्ष चौलागाईंले बताए । ‘सरकारी टोली र पत्रकार सहितको सहभागितामा गिडिदहमै सम्मेलन गरेका छौँ’, उनले भने । समुद्र सतहदेखि तीन हजार चार सय ८२ मिटर उचाइमा यो रहेको छ । तालको हालसम्म लम्बाइ, चौडाइ र गहिराईसमेत नाप्न नसकिएको अध्यक्ष चौलागाइँले जानकारी दिए ।

पर्यटकीय पूर्वाधारको विकास गर्न प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गर्ने हेतुले पहिलो पटक गिडिदहमै पुगेको सो वडाका अध्यक्ष अमरबहादुर रोकायाले बताए । गिडिदह सम्मेलनबाट १४ बुँदे घोषणापत्र जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए ।

गाउँपालिका अध्यक्ष चौलागाइँले गिडिदहमा प्रस्तुत गरेको घोषणापत्रबारे जानकारी दिँदै तालको विकासका लागि विस्तृत डिपिआर बनाइ कार्यक्रम अगाडि बढाउने, सो क्षेत्रका अन्य दह, धार्मिक क्षेत्र, जडिबुटी वनस्पति, पाटन, जनावर, वनस्पति, जनवार र पक्षीबारे प्रचारप्रसार गर्ने योजना रहेको बताए । गिडितालको पर्यटन प्रवर्द्धनका लागि सङ्घीय, प्रदेश र गैरसरकारी निकायमा पहल गर्ने पनि जनाइएको छ ।

त्यहाँ जान गिडिखोला गाउँ हुँदै फुलचाले पाटन, लामाचौरसम्म सड्क र गिडिदहसम्म साइकल ट्रेल निर्माण गर्ने उल्लेख गरिएको तातोपानी गाउँपालिकाले जनाएको छ । सम्मेलनमा गाउँपालिका उपाध्यक्ष रेवती रावलले तालसम्म पुग्नका लागि बाटो निर्माण नहुँदा पर्यटकलाई जान समस्या रहेको छ भने । बाटो निर्माण पालिकाको प्राथमिकतामा परेको तातोपानी गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ४ : ३८ बजे

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक