श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ « Khabarhub

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । मिथिला विहारी नगरपालिका-५ ललियाका ४५ वर्षीया जिवछी देवी मण्डलको हत्या आरोपमा उनका श्रीमान रामा मण्डल पक्राउ परेका हुन् । 

जिवछी देवीको शव यही असोज ४ गते हत्या भएको अवस्थामा बासघारीमा फेला परेको थियो । खेतमा काम गर्न गएको बेला ऋण तिर्ने विषयमा श्रीमान-श्रीमतीबीच छलफल भएको र सोही छलफलमा श्रीमतीले श्रीमानको बुबाको नाम जोडेर गाली गलौज गर्दा आवेशमा आएर रामा मण्डलले कोदालोले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।

हत्या पश्चात मण्डलले कोदालो अरुको खेतमा फालेर श्रीमतीले लगाएको चुरा फुटाएर त्यहाँबाट भागेका थिए । रामा मण्डललाई प्रहरीले घटनाको चार दिनपछि किरिया बसेको अवस्थामा पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : २९ बजे

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल