आधारभूत स्वास्थ्य निःशुल्क दिन्छौँ : स्वास्थ्यमन्त्री खापुङ « Khabarhub

आधारभूत स्वास्थ्य निःशुल्क दिन्छौँ : स्वास्थ्यमन्त्री खापुङ


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३ औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराइने बताए ।

सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र आठ प्रकारका घातक रोग लागेकालाई एक लाख रुपैयाँका दरले वितरण गर्दै आएको उनले बताए । उनले भने, “तीनै तहका सरकार मानव स्वास्थ्य उपचारका लागि संवेदनशील छन् ।”

स्वास्थ्य बीमामा सबैलाई आबद्ध गराउने गरी काम भइरहेको भन्दै उनले अस्पतालको भुक्तानी पाउन बाँकी रकममा छिटो भुक्तानीका लागि आफूहरु प्रयासरत रहेको बताए ।

सरकार क्यान्सर पत्ता लगाउने स्क्यान मेसिन खरिद गर्ने प्रक्रियामा रहेको भन्दै मन्त्री खापुङले भने, “सबैभन्दा धेरै जनताले सेवा पाउने अस्पतालमा पेट स्क्यान मेसिन राख्ने हो ।” यो क्यान्सर अस्पताल देशकै महत्वपूर्ण भएको भन्दै यसको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सर अस्पतालमा अन्य अस्पताललाई जोडेर प्रतिष्ठान बनाउनुपर्ने बताए । उनले भने, “छाता ऐन बनाएर प्रतिष्ठान बनाउनुपर्छ ।” क्यान्सर रोग लाग्न नदिन जनचेतनाका काममा जोड दिनुपर्ने भन्दै उनले यसै अस्पतालमा पेट स्क्यान मेसिन ल्याउनुपर्नेमा जोड दिए ।

यसअघि स्वास्थ्य राज्यमन्त्री समेत रहेका श्रेष्ठले भने, “क्यान्सरका ६० प्रतिशत बिरामी यही उपचारका लागि आउँछ, त्यसैले पेट स्क्यान यही राख्नुपर्छ ।” सो अवसरमा अस्पतालमा कुरुवा घर निर्माणमा आर्थिक सहयोग गर्ने भीम पाठक र अस्पतालका सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ७ : ४१ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको