२३ उद्योग तथा व्यावसायिक फर्म कारवाहीमा | Khabarhub Khabarhub

२३ उद्योग तथा व्यावसायिक फर्म कारवाहीमा


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष ०७८/०७९ मा कार्य क्षेत्रभित्र रहेका कूल २३ वटा विभिन्न उद्योग तथा व्यावसायिक फर्मविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ । कार्यालयले विशेषगरी नयाँ फर्मलाई अनुमतिपत्र प्रदान, नियमित परीक्षण र नवीकरण, अनुगमनलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

कार्यालयले चितवन, मकवानपुर, बारा, पर्सा तथा रौतहट कार्यक्षेत्रमा विशेषगरी गुणस्तर तथा नापतौलसम्बन्धी कार्य गर्दै आएको छ । कार्यालयले विभिन्न २३ वटा उद्योग तथा व्यावसायिक फर्मविरुद्ध सम्बन्धित जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरी कारवाही प्रक्रिया बढाएको कार्यालय प्रमुख मनिषकुमार दासले जानकारी दिए ।

तीमध्ये सबैभन्दा बढी १३ वटा मकवानपुर जिल्लास्थित हेटौँडाका उद्योग तथा व्यावसायिक फर्महरु रहेका छन् । कारवाही प्रक्रियामा बाराको एउटा, पर्साको एउटा, चितवनका चार र रौतहटका चार वटा फर्महरु परेका छन् ।

यसरी अभियोग पत्र दर्ता गरिएका मकवापनपुरको हेटौ‘डास्थित उद्योग तथा व्यावसायिक फर्महरुमा खजुरिको नेपाल प्रा।लि।, अन्सारी मिट सप, आयुषी नेनरम सप्लायर्स , ॐ नवरत्न ज्वेलर्स, रफिक किराना स्टोर्स, लक्की किराना स्टोर, श्याम गजमेर एण्ड सन्स, समृद्ध सप्लायर्स र स्वयं ट्रेडर्स रहेका छन् ।

यसैगरी बाराको नारायणी प्लाष्टिक प्रा।लि।, पर्साको न्यु मनोकामना ज्वेलर्स, चितवनको कामना पोल्ट्री सप्लायर्स, सुविधा पोल्ट्री प्रा।लि। र वेलहोप एग्रो टेक प्रा.लि. रहेका छन् । त्यस्तै रौतहटका मदनी टे«र्डस, अनु ज्वेलर्स, जयसवाल ग्रिल उद्योग र रामेश्वर किराना पसल रहेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : २४ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ